logo

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ७ गते ०१: ३८ मा प्रकाशित     697   पटक पढिएको

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

 

कुर्नुलकी जिल्ला अधिकारी डा. ए. सिरिले ११ वटा शव फेला परिसकेको र बाँकी मृतकको पहिचानका लागि प्रयास भइरहेको जानकारी दिइन्। उनका अनुसार भेमुरी कावेरी ट्राभल्सको सो बसमा ४१ जना यात्रु सवार थिए। तीमध्ये २१ जना सकुशल बाहिरिन सफल भए भने ११ वटा जलेका शव उद्धार गरिएका छन्। पहिचानका लागि डीएनए परीक्षण गरिँदैछ।

 

प्रारम्भिक विवरण अनुसार, दुर्घटना त्यतिबेला भयो जब एक मोटरसाइकल बसको इन्धन ट्याङ्कमा ठोक्कियो, जसपछि आगो लागेर केही मिनेटमै सम्पूर्ण बस जल्न थाल्यो। मोटरसाइकल चालक २१ वर्षीय शिवशंकरको पनि मृत्यु भएको छ। उनी कुर्नुलकै टिभी९ कालोनी, तन्द्रापाडु गाउँका बासिन्दा र ग्रानाइट उद्योगमा दैनिक मजदुर थिए।

 

आगो तीव्र रूपमा फैलिएपछि धेरै यात्रु बसभित्र फसेका थिए। स्थानीय बासिन्दा र प्रहरीले जोखिम मोल्दै उद्धार प्रयास गरे। आगो निभाउने र घाइतेहरूलाई अस्पताल पुर्‍याउने कार्य रातभर चल्यो।


प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

 

 सरकारी भ्रमणका सिलसिलामा दुबईमा रहेका आन्ध्र प्रदेशका मुख्यमन्त्री एन.चन्द्रबाबु नायडूले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रमुख सचिवसँग छलफल गरेका छन्। उनले उच्च अधिकारीहरूलाई तुरुन्तै घटनास्थल पुग्न र उद्धार तथा राहत कार्यको प्रत्यक्ष अनुगमन गर्न निर्देशन दिएका छन्।

 

तेलङ्गानाका मुख्यमन्त्री रेवन्थ रेड्डीले पनि मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै आन्ध्र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक सहयोग र राहत व्यवस्था गर्न निर्देशन दिएका छन्। तेलङ्गाना सरकारले पीडितका परिवारका लागि हेल्पलाइन पनि सञ्चालन गरेको छ।

- भारतीय संचारमाध्यमको सहयोगमा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.