logo

पदभार गराउनु पर्ने दायित्व पूरा नगरि बसेका पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष तिवरीलाइ तीन दिने पत्र,बुझ बुझारथ नगरे कारवाही गर्ने

 इसीमाना सम्बाददाता     २०८३ जेठ ७ गते ०९: १३ मा प्रकाशित     264   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साले निवर्तमान अध्यक्ष अनुप तिवारीलाई शाखाको निर्णयपुस्तिका, हरहिसाब र दस्तावेज ३ दिनभित्र बुझाउन पत्र काटेको छ ।

 

 तीन दिनभित्र सम्पूर्ण कागजात तथा विवरण उपलब्ध नगराए नियमानुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत महासंघले दिएको छ।

 

 तिवारी अध्यक्ष हुँदा प्रदान गरिएको महासंघको सदस्यता शुद्धीकरणका लागि तिवारी नै संयोजक भएर संघर्ष समिति बनाएका छन् ।

 

 तिवारीले शाखा अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापनपत्र बुझाएर शुद्धीकरण प्रक्रिया शुरु गर्न तीन दिने अल्टिमेटम दिएका थिए ।

 

 समयसीमाको तेस्रो दिनमै महासंघले तिवारीसँग कागजात मागेर प्रक्रिया अघि बढाएको छ ।

 

 सदस्य शुद्धीकरणका लागि महासंघ जिल्ला शाखाको माइनुटलगायतका कागजात चाहिने भएकाले ती कागजात ३ दिनभित्र उपलब्ध गराउन समय दिएको हो ।

 

तिवारी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएर पराजित भएका थिए ।

 

 महासंघमा नयाँ नेतृत्व आएको लामो समय बितिसक्दासमेत पूर्वनेतृत्वले संस्थाको आधिकारिक कागजात र हरहिसाब बुझाउन अनाकानी गरेपछि शाखाका सचिव विजयकुमार महतोले निवर्तमान अध्यक्ष तिवारीलाई पत्र लेखेर कागजात र हिसाब बुझाउन भनेका हुन् ।

 

 पत्रकार महासंघको केन्द्र र मधेश प्रदेशलाई बोधार्थ पठाइएको पत्रमा वर्तमान कार्यसमितिलाई तत्कालीन नेतृत्वले हालसम्म जिल्ला कार्यसमितिको माइनुटलगायत कुनै पनि आधिकारिक दस्तावेज हस्तान्तरण नगरेको जनाइएको छ।

 

मिति २०८१ पुस ३ गते बसेको पहिलो बैठकले शाखाका कोषाध्यक्ष तथा तत्कालीन कोषाध्यक्षसमेत रहेका सञ्जीव कुमार मिश्रलाई सम्पूर्ण हरहिसाब तथा चलअचल सम्पत्तिको लगत ३० दिनभित्र पेश गर्ने जिम्मेवारी दिएको भए पनि लामो समय बितिसक्दा समेत विवरण उपलब्ध नगराइएको शाखाले जनाएको छ।

 

 ‘वर्तमान कार्यसमितिको मिति २०८१ पुस ३ गते बसेको पहिलो बैठकले शाखाका कोषाध्यक्ष (तत्कालीन कोषाध्यक्षसमेत रहेका) सञ्जीव कुमार मिश्रलाई सम्पूर्ण हरहिसाब चलअचल सम्पत्तिको लगत १ महीना (३० दिन) भित्र कार्यसमितिमा पेश गर्ने जिम्मेवारी दिएकोमा ५१८ दिन बितिसक्दासमेत उपलब्ध हुन सकेको छैन ।

 

यसबारेमा स्वयम् तपाईं (अनुप तिवारी) लगायत तत्कालीन कार्यसमितिका जिम्मेवार पदाधिकारीलाई पटकपटक आग्रह गर्दा माइनुटलगायतका दस्तावेज र अन्य विवरण बुझाउन आनाकानी भइआएको छ,’ पत्रमा भनिएको छ ।

 

 सदस्यता शुद्धीकरण संघर्ष समितिले अघि सारेको सदस्यता शुद्धीकरणको मागप्रति शाखाको ध्यानाकर्षण भएको उल्लेख गर्दै सदस्यता शुद्धीकरण प्रक्रियालाई अघि बढाउन तत्कालीन अवस्थामा के कसरी, के कस्तो प्रक्रिया पु¥याएर र के कतिलाई सदस्यता दिइएको हो भन्ने तथ्य यकिन गर्नुपर्ने भएकाले माइनुट माग गरिएको हो ।

 

शाखाले सदस्यता शुद्धीकरणको मागप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै सो प्रक्रिया अघि बढाउन विगतका निर्णय र प्रक्रिया अध्ययन आवश्यक रहेको जनाएको छ।

 

 महासंघले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा तत्कालीन कार्यसमितिको कार्यकालमा वितरण गरिएका सदस्यतासमेत शुद्धीकरणको माग गरिएको उल्लेख गर्दै त्यसबेला केकस्तो प्रक्रिया पूरा गरी सदस्यता प्रदान गरिएको थियो भन्ने तथ्य यकिन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

 

‘तपाईं (अनुप तिवारी)को नेतृत्वमा रहेको तत्कालीन कार्यसमितिले वर्तमान कार्यसमितिलाई जिल्ला कार्य समितिको माइनुटलगायतका कुनै पनि विवरण दस्तावेज हालसम्म बुझाएको छैन ।

 

संस्थागत निर्णय र अन्य कागजात विवरण नहुँदा महासंघले कार्य सञ्चालनमा समस्या सामना गर्दै आएको र अहिले उठाउनुभएको सदस्यता शुद्धीकरणको सम्बन्धमा विगतमा भएका संस्थागत निर्णय अध्ययन गरी त्यसकै आधारमा प्रक्रिया अघि बढाउनुपर्ने भएकाले यस नेपाल पत्रकार महासंघ, पर्सा शाखाको माइनुटलगायत सम्बन्धित कागजात र अन्य सबै आवश्यक विवरण दस्तावेजहरू ३ दिनभित्र शाखा कार्यालयमा बुझाउन आग्रह गर्दछौं ।

 

अन्यथा, त्यससम्बन्धमा शाखा नियमानुसार अघि बढ्ने जानकारी गराउँदछौं,’ संघले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.