logo

सशस्त्र प्रहरी बलद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

 इसीमाना सम्वाददाता     २०८३ जेठ ८ गते ०५: ५४ मा प्रकाशित     185   पटक पढिएको

वीरगंज । सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१ छपकैया छटघाट स्थित श्री वविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न  भएको छ।

 


सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविर तिलगंगा आँखा अस्पताल काठमाडौं तथा सामुदायिक आँखा केन्द्र वीरगञ्जसँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर कार्यालय पर्साको आयोजनामा सञ्चालन गरिएको थियो।

 


कार्यक्रम नं. १३ गण  पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले शिविर मार्फत नागरिकमा स्वास्थ्य सेवाको पहुच पुर्याउने प्रयास गरिएको बताए ।

 


 सामुदायिक आँखा केन्द्र वीरगञ्जबाट डा. मनोज पटेलसहित तीन जना स्वास्थ्यकर्मीको टोलीले सहभागीहरूको आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।

 


शिविरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा स्थानीय बासिन्दासहितको उपस्थिति रहेको थियो। कार्यक्रममा कुल २ सय ११ जनाले निःशुल्क आँखा परीक्षण सेवा लिएका छन।


कार्यक्रमले सीमावर्ती क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनुका साथै सशस्त्र प्रहरी बल र स्थानीय समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुगेको विश्वास गरिएको हेडक्वार्टरका सूचना अधिकारी
सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.