logo

सशस्त्र प्रहरी बल नेपाल नं.४० रिर्जभ गणले मनायाे रजत महाेत्सव

 इसीमाना सम्बाददाता     २०८३ जेठ १५ गते ०५: ५४ मा प्रकाशित     163   पटक पढिएको

निजगढ। सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण, पिलुवा, बाराले आफ्नो २५औं स्थापना दिवस तथा रजत महोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।

 

 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका उच्च अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

 

 रजत महोत्सवका अवसरमा आयोजित विशेष समारोहका प्रमुख अतिथि मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच विगतदेखि नै समन्वयात्मक सहकार्य हुँदै आएको स्मरण गराउँदै सुरक्षाकर्मीले जनताको विश्वास जित्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

 

 

उनले राष्ट्रको सुरक्षा सुदृढ बनाउन सीमा सुरक्षा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा स्थानीय नागरिकसँग प्रत्यक्ष सहकार्य गरेर सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै लगेको बताए।

 

उनले सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि, चोरी तस्करी तथा अवैध कारोबार नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय रहेको चर्चा गर्दै जनताको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।

 

 “जनताको करबाट सञ्चालन हुने सुरक्षा निकायले नागरिकप्रति उत्तरदायी भएर सेवा गर्नुपर्छ,” उनले भने।

 

त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरदिप कुमार बस्नेतले सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण तथा शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।

 

 उनले स्थानीय तह, प्रशासन र सुरक्षा निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए।

 

 बस्नेतले बारा, पर्सा र रौतहट जिल्लामा बाढी, आगलागी, सडक दुर्घटनालगायत विपद्का समयमा सशस्त्र प्रहरीले निरन्तर उद्धार तथा राहतमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी दिए।

 

“सुरक्षा निकाय र स्थानीय सरकारबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ,” उनले भने, “त्यसले मात्र नागरिकलाई प्रभावकारी सेवा दिन सकिन्छ।” उनकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारी, विभिन्न खेल तथा आन्तरिक प्रतियोगितामा उत्कृष्ट हुने सुरक्षाकर्मी, सहिद परिवार तथा सशस्त्र प्रहरीलाई विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

 

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, कवाज प्रदर्शन तथा विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो।

 

वि.सं. २०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण हाल मधेश प्रदेशअन्तर्गत बारा, पर्सा र रौतहटका सीमा इकाईहरूमा जनशक्ति तथा बन्दोबस्ती सहयोग गर्ने उद्देश्यले कार्यरत रहेको छ।

 

 आवश्यक पर्दा देशभर रिजर्भ फोर्सका रूपमा परिचालन हुँदै आएको उक्त गणले सुरक्षा अपरेसन, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा विशेष सुरक्षा जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

 

 रजत महोत्सव समारोहले सशस्त्र प्रहरी बलको संगठनात्मक इतिहास, योगदान तथा भावी जिम्मेवारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.