logo

भाद्र २३/२४ को घट्नाले पार्टीलाई चरिनङ्गा वनायो

      २०८२ फागुन २६ गते ०५: ५८ मा प्रकाशित     346   पटक पढिएको
पुरुषोत्तम पौडेल
 
नेकपा एमालेको ११ औ महाधिवेशन अघि वसेको केन्द्रीय कमिटी वैठकमा मैले भनेको थिए । भाद्र २३\२४ को घट्ना ले पार्टीलाई चरिनङ्गा वनायो ।
 
 अव महाधिवेशन पछि पनि नेतृत्व यथावत राखेर जाने हो भने आउने चुनावले पार्टीलाई पश्चिम वंगालको दिशातीर लैजान सक्छ । तर कसैले सुनेन ।
 
ताजा निर्वाचन परिणामले नेकपा एमाले त्यही वाटोमा जादै गरेको अनुभूती हुन्छ । नेकपा एमालेले प्राप्त गरेको निर्वाचन परिणामलाई एक पटक सुक्ष्म अध्ययन गरौ त ।
 
१- सवभन्दा बढि भोट एमालेको वदलिएको छ ।
 
- धेरै पटक जितेका ठाउमा वढि मत वदलिएको छ ।
 
- एमालेका उम्मेदवार थोरै दोश्रो नत्र तेश्रो, चौथो भएका छन ।
 
- थोरै स्थानमा मात्र निकटतम प्रतिद्वन्दी हुन पुगेका छन ।
 
- हिजो जितेका उम्मेदवारहरू प्राय सवै हारेका छन ।
 
- प्रमुख नेताहरू नराम्रो संग पराजित भयका छन ।
 
- पहिलेको भन्दा २० प्रतिशत सिटमा मात्र जितेको छ ।
 
- समानुपातिक तर्फको मत आधा भएको छ ।
 
- एमालेका आधा भन्दा वढि उम्मेदवारहरूले जमानत जोगाउन सकेनन् ।
 
- सम्पूर्ण परिणाममा एमाले चरिनङ्गा भयर तेश्रो स्थानमा खुम्चिएको छ ।
 
- यसको अर्थ हिजो लिईएकोको निती र नेतृत्व जनतालाई स्वीकार्य भएन ।
 
 
२-चुनावमा हार जित हुन्छ । तर यो हार सामान्य हार र जित होईन । यो निकै असामान्य र दर्दनाक छ ।
 
- यहा सबैभन्दा वढि विरोधको तारो एमालेलाई वनाईएको थियो ।
 
- एमाले नेतृत्वको कार्यशैली र व्यवहारको चौतर्फि आक्रमण भएको छ ।
 
- एमालेका अध्यक्ष र नजिकका पदाधिकारीको सुन्दर वोलीको चर्को विरोध भयको छ ।
 
- एमालेको अवस्था कस्तो हुन्छ, मानिसहरूले पहिलेनै भनेका थिए ।
 
- यसको कारण के होला ???
 
- कतिपयको तर्क छ । यसको मतलव नेतृत्व सहि छ । यसले राम्रो काम गरेको छ । त्यसैले विरोध भयको हो ।
 
- यदि त्यसो हो भने त जनताले साथ दिनु पर्थ्यो । जनताको समर्थन वढ्नु पर्दथ्यो । भोट र सिट वढ्नु पर्थ्यो । त्यसो त भयन ।
 
- निती र नेतृत्व सहि थियो भने हामीले आजको दुर्दशा वेहोर्नु पर्ने स्थीती आऊदैनथ्यो । जनताको समर्थन पाऊनु पर्थ्यो ।
 
३- यसको कारण जनतामा खोज्दा यस्तो तर्क छ ।
 
- एमालेमा चरम गुटबन्दी भयो । नेतृत्व आफै यसमा फस्यो ।
 
- एमाले कुरा गर्छ । काम गर्दैन । आफ्ना खोज्छ । जनताको सुन्दैन ।
 
- पार्टी निर्णय र पार्टी सदस्यहरूको भावना वुझ्दैन । आफु र आफ्ना चाटुकारको सेवामा मात्र समय खर्च गर्छ ।
 
- वर्ग छोड्यो । वर्गिय प्रेम छोड्यो । नेतृत्व आफै गुट चलाउन व्यस्त भयो । त्यसैले जनमत र जनताको चाह वुझ्न सकेन ।
 
 
४- आज हेर्दा एमाले नेतृत्वले गरेको पार्टी कव्जा निष्फल र प्रत्युपादक प्रमाणित भएको छ ।
 
 
- तसर्थ अव नेकपा एमालेले आफ्नो निती र नेतृत्व दुवै क्षेत्रमा व्यापक समिक्षा र पुनरावलोकन गर्नु पर्दछ ।
 
- देश र जनताका निम्ति फेरी उठेर काम गर्ने हो भने पार्टि निती र नेतृत्वमा आम पुनर्गठन गर्नु पर्दछ । कसैका हठले केही गर्न सक्दो रहेनछ । सवै देखि सकियो ।
 
- आम चुनावको नतिजा हेर्दा जनताले पार्टी सिण्डिकेट, अहम, अहंकार र सत्ता उन्माद संग विद्रोह गरेका छन ।
 
- अरूलाई हेप्ने , सिट्ने , र खिसिट्यूरी गर्ने प्रविर्तिलाई पनि पुरै अस्वीकार गरि दिएका छन ।
 
- अव सच्चिनुको विकल्प छै । सच्याउने उपाय खोज्नुहोस ।
 
सहि वाटो रोज्नुहोस । सच्चिएर जनतामा आउनुहोस । जनता कसैको पेवा हुदैनन ।
जय जय होस ।
 
लेखक नेकपा एमालेका पूर्व पोलिटब्यूरो सदस्य हुन । यो सामाग्री उनको फेसबुक पेजबाट लिइएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.