logo

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

      1/20/2017 गते 00 00 मा प्रकाशित     1938   पटक पढिएको

माघ ७ काठमाडौं /कलाकार तथा सञ्चारकर्मीहरुको पहलमा अब केहि गरौं भन्ने नाराका साथ सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ । काठमाडौं शान्तिनगरमा रहेको निःसाहय सेवा सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त सदनका जेष्ठ सदस्य श्री मिठुदेवी अर्यालले पानसमा दिप प्रज्वलन गरेर संस्थाको औपचारिक उद्घाटन गरेकी हुन ।  निःसाहय सेवा सदनकी अध्यक्ष एंव वरिष्ठ समाजसेवी सगुन शाहलाई सार्थक नेपालले समाजसेवामा पु¥याएको योगदानको कदर एंव सम्मान गर्दै विशेष सम्मानद्धारा सम्मान गरेको छ ।

 

संस्थाकी अध्यक्ष तथा नायिका, निमात्री जेनी कुँवर र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष एंव सार्थक नेपालका सल्लाकार डा. श्याम खड्काले संयुक्त रुपमा सम्मान गरेका थिए । त्यसैगरी सार्थक नेपालको सहयोगी संस्था एक्टर नेपाल नेटवर्कले कलाकार तथा गायक यमन श्रेष्ठलाई सम्मान गरेको छ । सार्थक नेपाल संस्थाको उद्घाटन कार्यक्रममा एक्टर नेपाल नेटवर्कले निर्माण गरेको सञ्चारकर्मी मनोज थापाको निर्देशन रहेको म्युजिक भिडियोको कलाकार तथा प्राविधिकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।  

 

उक्त कार्यक्रममा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । हास्य कलाकार महादेव त्रिपाटी, कलाकार रश्मि भट्ट, मकेअप आष्र्टिट नन्दा अधिकारी, गायक सपन श्रेष्ठ, सञ्चारकर्मी गीता अधिकारी, सूर्य चन्द, म्युजिक भिडियो निर्देशक नव ढुंगेल, फोटो पत्रकार नवराज वाग्ले, फोटोग्राफर कुबेर तामाङ, रामलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.