logo

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

      1/20/2017 गते 00 00 मा प्रकाशित     1788   पटक पढिएको

माघ ७ काठमाडौं /कलाकार तथा सञ्चारकर्मीहरुको पहलमा अब केहि गरौं भन्ने नाराका साथ सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ । काठमाडौं शान्तिनगरमा रहेको निःसाहय सेवा सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त सदनका जेष्ठ सदस्य श्री मिठुदेवी अर्यालले पानसमा दिप प्रज्वलन गरेर संस्थाको औपचारिक उद्घाटन गरेकी हुन ।  निःसाहय सेवा सदनकी अध्यक्ष एंव वरिष्ठ समाजसेवी सगुन शाहलाई सार्थक नेपालले समाजसेवामा पु¥याएको योगदानको कदर एंव सम्मान गर्दै विशेष सम्मानद्धारा सम्मान गरेको छ ।

 

संस्थाकी अध्यक्ष तथा नायिका, निमात्री जेनी कुँवर र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष एंव सार्थक नेपालका सल्लाकार डा. श्याम खड्काले संयुक्त रुपमा सम्मान गरेका थिए । त्यसैगरी सार्थक नेपालको सहयोगी संस्था एक्टर नेपाल नेटवर्कले कलाकार तथा गायक यमन श्रेष्ठलाई सम्मान गरेको छ । सार्थक नेपाल संस्थाको उद्घाटन कार्यक्रममा एक्टर नेपाल नेटवर्कले निर्माण गरेको सञ्चारकर्मी मनोज थापाको निर्देशन रहेको म्युजिक भिडियोको कलाकार तथा प्राविधिकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।  

 

उक्त कार्यक्रममा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । हास्य कलाकार महादेव त्रिपाटी, कलाकार रश्मि भट्ट, मकेअप आष्र्टिट नन्दा अधिकारी, गायक सपन श्रेष्ठ, सञ्चारकर्मी गीता अधिकारी, सूर्य चन्द, म्युजिक भिडियो निर्देशक नव ढुंगेल, फोटो पत्रकार नवराज वाग्ले, फोटोग्राफर कुबेर तामाङ, रामलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.