logo

बारामा खाना महोत्सव सम्पन्न

      4/16/2017 गते 00 00 मा प्रकाशित     1823   पटक पढिएको

सिमरा, ३ बैशाख । बाराको सिमरामा आयोजना गरिएको ‘बारा खाना महोत्सव’ सफलता पूर्वक सम्पन्न भएको छ । नयाँ बर्ष २०७४ को अवसरमा चैत ३१ गते बाट आयोजना गरिएको महोत्सब हिजो सम्पन्न भएको हो । महोत्सबमा झण्डै एक करोड रुपैयाँ बराबरको कारोबार भएको महोत्सव आयोजक मूल समारोह समितीका संयोजक एवं मूख्य आयोजक होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामीछानेले जानकारी दिए ।

सिमराको एयरपोर्टरोडमा आयोजना गरिएको महोत्सवमा ५० भन्दा बढि स्टल राखिएको थियो । बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन र सर्लाही सहित भारतीय सिमावर्ती शहर रक्सौलबाट समेत दर्शकको उल्लेख्य सहभागिता रहेको महोत्सवको एकलाख भन्दा बढि दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ । महहोत्सवमा थारु समुदायको पहिचान झल्कने घोगीं, केराको विभीन्न परिकार र च्याउको छोइला विशेष आकर्षण बनेको थियो । यस्तै नेवारी खाना, इन्डियन, चाइनिज, कण्टिनेण्टल र इटालियन खानाका परिकारहरु वपन महोत्सवमा राखिएको थियो ।

होटल व्यवसायी संघ बाराको मूख्य आयोजना तथा जिल्ला समन्वय समिती बारा, नेपाल पर्यटन बोर्ड, जितपुर सिमरा उद्योग वाणिज्य संघ, जितपुर सिमरा उपमहानगरपालीका, होटल व्यवसायी महासंघ नेपाल र सामुदायिक विकासशिल क्लब सिमराको आयोजनामा सम्पन्न महोत्सब अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुले विभीन्न मनोरन्जनात्मक प्रस्तुती पस्केका थिए । आयोजकले महोत्सव सम्पन्न गर्न झण्डै १४ लाख रुपैयाँ खर्च भएको अनुमान गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.