logo

ग्लोवल नेपाली फिल्म अवार्ड आठ विधामा थप

      5/25/2017 गते 00 00 मा प्रकाशित     1698   पटक पढिएको

काठमाडौँ, १२ जेठ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ ।


नेपाल फिल्म सोसाइटीलगायतले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार कृष्ण मल्लले स्वदेशी चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा स्थापित सो अवार्ड विभिन्न १२ विधामा प्रदान गरिँदै आएकोमा अब २० विधामा पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।


उत्कृष्ट कलाकार, निर्देशक, नायक तथा नायिका, लोकप्रिय चलचित्रलगायत विधामा दिइँदै आएको सो अवार्ड ९पुरस्कार० अब सङ्गीत, रचनाकार, छायाकार तथा गायकलगायतलाई थप गरिएको छ ।


दोस्रो संस्करण आगामी भदौ २ गते संयुक्त राज्य अमेरिकाको कोलोराडोमा हुने कार्यक्रम तय भएको छ ।


‘ग्लोवल नेपाली फिल्म अवार्ड’का अध्यक्ष नवराज श्रेष्ठले नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउन सकेमा मुलुकमा पर्यटन क्षेत्रको अभिवृद्धि गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


उक्त कार्यक्रममा कलाकार वसुन्धरा भुसाल, सुनिल थापा, नायक पुरन जोशीलगायतले नेपाली चलचित्र क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.