logo

 सकिन मायालाई पाउन युट्युब च्यानल मार्फत सार्वजनिक

      5/1/2017 गते 00 00 मा प्रकाशित     1656   पटक पढिएको

वीरगञ्ज, १८ वैशाख

चाहेको व्यक्तिलाई मन पराउनु तर भन्न नसक्ने व्यथालाई गायक चन्दन प्रजापतिले शब्दमा वर्णन गर्दै गीतको रुप दिएका छन् । पछिल्लो समय विभिन्न कार्यक्रमहरुमा आफनो बेजोड सांगितिक प्रस्तुती दिदैँ चर्चामा रहेका गायक चन्दन प्रजापतिको डेब्यु गीत हो "सकिन मायालाई पाउन" । गायक प्रजापतिकै शब्द, स्वर र संगीतमा रहेको सो गीत भिडियो प्रिमियर हिजो वीरगञ्ज पब्लिक कलेजमा गरि औपचारिक रुपमा संग्स् नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । सकिन मायालाई पाउनको भिडियोमा मिस्टर हैण्डसम् वीरगञ्ज २०१६ निर सर्राफ, सोनु भटट्राई, सनि निधि र सिवानी श्रेष्ठको अभिनय रहेको छ । सो भिडियोको निर्देशन विकास प्रजापतिले गरेका छन् भने सहायक निर्देशकमा बैजु प्रजापति रहेका छन् । मायालाई मुख्य विषयवस्तु मानी लेखिएको गीत सकिन मायालाई पाउन को निर्माण स्टुडियो चित्रलेखाले गरेको छ । सो भिडियोको सम्पादन रिशभ ओझाले गरेका छन् भने एरेन्ज मोहित मुनालले गरेका छन् । "सकिन मायालाई पाउन मेरो पहिलो गीत हो र यसबाट मैले निकै नै आशा राखेको छुू" गायक प्रजापतिले बताए । भिडियोको बारेमा कुराकानी गर्दै गायक प्रजापतिले गीतले व्यक्त गर्न चाहेको भावनालाई भिडियोमा राम्ररी समेटिएको बताएका छन् । भिडियोले दर्शकलाई गीतले व्यक्त गर्न चाहेको भावना झन् स्पष्ट हुने गायक प्रजापतिको तर्क छ । गीतले दर्शक श्रोताको माया पाउनेमा आफु विश्वस्त रहेको गायक प्रजापतिले बताएका छन् । लामो समयको पर्खाई पछि सकिन मायालाई पाउन सार्वजनिक भएको छ। समग्र रुपमा भन्नुपर्दा भिडियोेले गीतलाई पुर्ण रुपमा न्याय गरेको देखिएको छ । गीतको भावनालाई भिडियोले झनै प्रखर ढङ्गले प्रस्तुत गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.