logo

एसिड आक्रमणको सत्य कथामा आधारित चलचित्र नमेटिने घाउँ भदौ ७ बाट प्रर्दशनमा आउने

 इसीमाना सम्वाददाता     २०८१ भदौ १ गते ०७: ४४ मा प्रकाशित     509   पटक पढिएको

बीरगंज । एसिड आक्रणको घटनामा आधारित रहेर निर्माण भएको नेपाली चलचित्र नमेटिने घाउँ भदौ ७ गतेदेखी नेपाल भर प्रर्दशन हुने भएको छ ।

चलचित्रका निर्देशक रोमीत ढुङ्गानाले शनिवार बीरगंजको होटेल कन्ट्री इनमा आयोजीत पत्रकार सम्मेलनमा चलचित्र प्रर्दशन बारेमा जानकारी दिएका हुन ।


मुलुकमा ३३ वटा एसिड काण्ड भएका उनले बताए । एसिडको आक्रमणमा परेर जीवन बाँचेकाहरुको संघर्षको चलचित्रको कथाबस्तु रहेको उनले बताए ।

एसिड आक्रमणमा परेर सर्घष गरिरहेकाहरु नै चलचित्रको पात्र भएकोले नमेटिने घाउँ सत्य घटनामा मात्र केन्द्रीत छैन की अभियनय पनि जीवन्त रहेको उनले बताए ।


चलचित्र सचेतनामुलक रहेको र त्यसको माध्यमले एसिडद्वारा आक्रमण गर्नेहरुलाई आजीवन कारावास र एसिडको उपलब्धतालाई कडा बनाउनु पर्ने माँग गरिएको ढुङ्गानाले बताए ।


उनले एसिड आक्रमणका बिरुद्ध आनदोलन गर्ने र त्यसको नियन्त्रणकालागि र आक्रमणकारीलाई कारवाही गर्नकालागि अध्यादेश ल्याउने बर्तमान प्रधानमंत्री के..पी.ओली पूर्व प्रधानमंत्री माधव कुमार नेपाल, प्रहरी उपरीक्षकद्धय बाल नर्सिह राणा र कुमोद ढुंगेल, प्रहरी निरिक्षक जेआर शर्मा, राप्रपा नेता ज्ञानेन्द्र शाहीको  पनि चलचित्रमा अभियन रहेको उनले बताए ।


पत्रकार सम्मेलनमा एसिड आक्रमणबाट पीडित भएकी मुस्कान खातुनले चलचित्र हेरिदिनकालागि सबैलाई अपिल गरिन । उनले एसिड आक्रमणका बिरुद्ध सचेतना जरुरी रहेकोले चलचित्र सचेतनाको बलियो माध्यम भएको बताइन ।


नेपाली ३ करोडको लागतमा निर्माण भएको चलचित्रमा चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, बिशाल देबकोटा, आरजु अधिकारी, आरजु लेखक सहित १ सय १० भन्दा बढी कलाकारको अभिनय रहेको छ । ५८ दिनमा निर्माण सम्पन्न भएको चलचित्र नमेटिने घाउँ बीरगंजमा पनि सुटिङ भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.