डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक, के होला कथा
इसीमाना सम्बाददाता
२०८१ माघ १२ गते ०५: ५८ मा प्रकाशित
426 पटक पढिएको
काठमाडौं । रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्याउने तयारी गरिएको छ।
आज शनिबार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य पात्र प्रार्थना पाठकलाई फिचर्ड गरिएको छ। चर्चित कलाकारहरू सरोज खनाल र हिउँवाला गौतम लगायतलाई भने लुकाइएको छ। पोस्टरसँगै फिल्मका मुख्य टिम सदस्यहरू पनि सार्वजनिक गरिएका छन्।
फिल्मका निर्देशक तथा निर्माता रामजी ज्ञवालीले आफ्नो अफिसियल फेसवुक पेजमार्फत भनेका छन्,– ‘मौन’ कुनै व्यावसायिक प्रोजेक्ट मात्र होइन, न त हलमा दर्शक तान्न अनावश्यक भ्रम छर्ने कुनै योजना। यो एउटा वास्तविक जीवनसँग जोडिएको कथा हो, जसले समाजलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।’
फिल्मको कथा चर्चित निर्देशक रामशरण पाठकले लेखेका हुन्। सिनेमाटोग्राफी शंकल्प भुजेल, सहायक निर्देशन वसन्त अधिकारी तथा पोस्टर फोटोसुट कुवेर डंगोलको रहेको छ भने पोस्टर टौवा स्टुडियोमा निर्माण भएको हो ।
यस प्रोजेक्टमा बरिष्ठ कलाकार सरोज खनाल, हिउँवाला गौतम, नव कलाकारहरु प्रार्थना पाठक, ओजस्वी विक्रम विस्ट, दिवस नाथ लगायतका कलाकार रहेको जनाइएको छ । फिल्मका सहायक निर्माता हरी क्षेत्री भुपेन्द्र हुन्।
फिल्मको प्राविधिक पक्षमा भरत कंडेलले साउण्ड डिजाइनिङ, राजेन्द्र मोक्तानले कलर ग्रेडिङ र नहकुल खड्काले सम्पादनको जिम्मेवारी सम्हालिरहेका छन्।
फिल्मको आधिकारिक कथा नखुलाइए पनि निर्देशक ज्ञवालीका अनुसार, ‘मौन’ १ सय ६८ मिलियनभन्दा बढी व्यक्तिहरूको यथार्थ कथामा आधारित छ। यस डकुड्रामालाई नेपालका विभिन्न स्कुल, कलेज तथा संघसंस्थाहरूमा विशेष शोमार्फत प्रदर्शन गरिने बताइएको छ। फिल्म चाँडै दर्शकमाझ आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ।
निर्माता तथा निर्देशक रामजी ज्ञवाली, एक दशक लामो पत्रकारिता यात्रा पश्चात् फिल्म निर्देशनमा प्रवेश गरेका हुन्। उनको प्रतिक्षित डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ १ बर्षअघि तयार भई हाल विभिन्न फिल्म फेस्टिवलहरू तथा च्यारिटी शोहरूमा प्रदर्शन भइरहेको छ। त्यस्तै, उनको अर्को महत्त्वपूर्ण प्रोजेक्ट ‘मौन’लाई पनि अवार्ड, विशेष प्रदर्शन तथा च्यारिटी शोहरूमा सहभागिता गराउने योजना रहेको छ। निर्देशक ज्ञवालीले यसअघि ‘डार्कमुन,’ ‘लापत्ता सन्तान,’ ‘हनिमुन,’ ‘आराध्या,’ ‘लिलामी’ लगायतका चर्चित सर्ट फिल्महरूका साथै केही डकुमेन्ट्री तथा दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।
वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।
ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
तपाईको प्रतिक्रिया