logo

टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक, बैशाख ५ देखि नियमित प्रसारण हुने

 इसीमाना सम्वाददाता     २०८१ चैत ३० गते ११: ०० मा प्रकाशित     427   पटक पढिएको

 
काठमाडौं । गासबाँस कपासको लागि रुमलिएका निम्न वर्गीय परिवारकोे कथा समेटीएको टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक भएको छ ।

मालिका मिडिया एण्ड रिसर्च प्रा.लि .द्धारा उत्पादन भएको यस टेलिश्रृखलामा बिशेषगरी गाउँदेखि सहर छिरेका आम मानिसको कथा समेटीएकोे छ ।  

टेलिश्रृखलालाई लेखन तथा निर्देशक मुकेश हमाल र अमृत काउचा दईजना मिलेर गरिरहेका छन । गाउबाट सहर मानिसहरु विभिन्न अवसरको खोजिमा आउने गर्दछन तर भनेजस्तो काम पनि पाउदैन र काम पाईहाले पनि समयमा तलव नपाउने अझ यस श्रृखलामा मजदुरहरुकाको कथालाई प्राथामिकतामा राखिएको हुदा कहिलेकाही धेरै रहरहरुले गर्दा कहर पनि निम्त्याउछ भन्ने संदेश दिन खोजिएको छ ।

यस टेलिश्रृखलाका लेखक तथा निर्देशक मुकेस हमाल पछील्लो समय चर्चित टेलिसिरियल सकस,उल्टो सुल्टो,मेरीबासैमा अभिनय गर्दै आएका छन ।

सिन्धुली घरभई काठमाडौंमा बसेर संघ्रस गर्दै सर्वनाम नाटक घरमा वि।सं।२०७४ मा नाट्य अभिनय सिकेका हमालको अभिनय पछील्लोसमय धेरैैले रुचाउदै आका छन ।

त्यसैगरी यस टेलिश्रृखलाका अर्का लेखक तथा निर्देशक अमृत काउचा पनि सर्वनाम नाटक घरमै वि।सं।२०७३ मा नाट् अभिनय सिकेर नै यस क्षेत्रमा लागेको बताउछन ।

रुपन्देहीको कञ्चन गाउँपालिका घर भई उनी पनि पछील्लो समय फिल्ममा समेत अभिनय गरिरहेका छन भने आफैले पनि दर्जन भन्दा बढी लघुचलचित्र बनाईसकेकाछन ।

करिब ३० मिनेटको यस टेलिश्रृखलामा कलाकारहरु मुकेश हमाल,भुमिका थारु,अमृत काउचा,बिकाश घलान,धिरज थापा मगर,सुदिश थापा मगर,नरेन भट्टराई,दिपक फुयाल र दीक्षा ठकुरी रहेकाछन ।

मालिका मिडिया एण्ड रिसर्च प्रा।लि द्धारा उत्पादन भएको यो टेलिश्रृखला बैशाख ५ गत्ते,शुक्रबार साँझ ६ ः१५ बजे बाट मुकेश हमाल अफिसियल युटुयुव च्यानलमार्फत प्रसारण हुने भएको छ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.