logo

वीरगंजमा आतिशबाजी ,पटाका  र डिजे बजाउन  प्रतिबन्ध

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १७ गते ०४: ३७ मा प्रकाशित     1637   पटक पढिएको

वीरगंज वीरगंजमा बिहे ,  ब्रतबन्ध , पार्टी उत्सब तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न तथा पटाका फोर्न पूर्ण रूपमा बन्देज लगाइएको छ । 


बुधवार  जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरु संगको बैठकले यस्तो निर्णय लिएको   होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले बताए ।  

May be an image of 4 people, people studying, chess, table and text

बैठकमा जिल्लाका प्रहरी प्रमुख गौतम मिश्र , सशस्त्र प्रहरीका प्रमुख राधेश्याम धिमाल सहित  वीरगंजमा संचालित पार्टी प्यालेसहरुका संचालक  एबम प्रबन्धकहरुको  सहभागिता रहेको अध्यक्ष पन्तले बताए ।

 

बैठकले जिल्लामा हुने ध्वनि प्रदुषणलाई मध्यनजर गर्दै   डिजेलाई पनि अब क्रमश निरुत्साहित गर्दै जाने सहमति भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

 उनले हाल लाई डिजे राति  १० बजे पछि पुर्णरूपमा  रूपमा  निषेध गर्ने सहमति भएको र तुरुन्तै अन्य सरोकारवालाहरुसंग पनि बैठक बसेर डिजेलाइ  पर्सा जिल्लामा पुर्ण रूपमा प्रतिबन्ध  गरिने  बताए ।

 

 जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले बैठकमा भएको सहमतिलाई सबैले अक्षरश पालना गर्नु पर्ने र त्यसो नभए उलंघन गर्नेलाइ कारवाीहको दायरामा ल्याउने बताए ।

 

त्यसै गरि सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सीमाबाट नियम बिपरित भित्रिने डिजेका उपकरण  ,पटाका एवं  आतिसबाजीजन्य पदार्थहरुमा कडाइका साथ चेक जांच गरिने बताए ।

 बैठकमा होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तले पार्टी प्यालेस बूक हुँदा प्रायः अग्रिम बुकिङ हुने हुँदा अधिकांश बुकिङ  डिजे सहितनै बुक भएकोले अहिले नै डिजेलाई तुरुन्तै पुर्णरूपमा बन्द गर्ने अबस्था नरहेकोले यसको लागि केही समय मागिएको र सोही बमोजिम हाललाई पार्टीहल भित्र १० बजे पछि मात्र  डिजे  निषेध गरिने बताए।

उक्त बैठकमा संघका महासचिव माधब बस्नेत   आन्तरिक राजस्व कार्यालय पर्साका करअधिकृत , पर्यटन कार्यालय पर्साका प्रमुख लगायत पार्टी प्यालेसका संचालकहरुको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.