logo

कलैयालाई उपमहानगर बनाउन माग गर्दै रिले अनशन शुरु

कलैयालाई उपमहानगर बनाउन माग गर्दै रिले अनशन शुरु

      1/19/2017 गते 00 00 मा प्रकाशित     1865   पटक पढिएको

कलैया ६ माघ । कलैयालाई उपमहानगरपालिका बनाउन माग गर्दै बिहिवारबाट कलैयामा रिले अनशन शुरु गरिएको छ । कलैयालाई उपमहानगर बनाउने मागको अगुवाई भने बलैया उधोग बाणिज्यसंघले गरेको छ । उपमहानगर बनाउनु पर्ने माग राखेर शुरु भएको आन्दोलनमा बिहिवार देखी संघका कार्यवाहक अध्यक्ष बिनोद बरैको नेतृत्वमा कलैयामा रिले अनशन शुरु भएको हो ।

स्थानीय निकायको तह निर्धारण गर्न बनेको स्थानीय तह पूर्नसंरचना आयोगले बारको सदरमुकाम र पुरानो नगरपालिकाको स्तरोउन्नती गरेर उपमहानगर बनाउनुको साटो नयाँ क्षेत्रलाई उपमहानगर बनाएको भन्दै संघको नेतृत्वमा कलैयाबासी आन्दोलनमा उत्रेका हुन । संघको नेतृत्वमा कलैयामा रहेका नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लयातका दलका कार्यकर्ताहरु पनि आन्दोलनमा सहभागि भएका छन । कलैया नगरपालिकामा अहिले २५ वटा वडाहरु रहेका छन ।

कलैयालाई उपमहानगर बनाउदा राष्ट्रीय सभाकालागि हुने निर्वाचनमा मतदाता संख्या घटने भएकोले कलैया उपमहानगर बन्न नसकेको स्रोतको भनाई छ । त्यस क्षेत्रबाट नेतृत्व गर्ने जनप्रतिनिधिको अनिच्छाका कारण कलैया नगरपालिकामा सिमिति रहेको चर्चा पनि आन्दोलनसगै हुन थालेको छ । उपमहानगर बनाउदा अन्य गाविसहरु पनि समावेश हुने र राष्ट्रीय सभाकालागि हुने मतदानमा गाविस हुदा वडाध्यक्षले समेत भोट हाल्न पाउदा ९ वडाध्यक्षले भोट हाल्ने अवस्था हुने र उपमहानगरपालिका हुदा एक जना वडाध्यक्षले भोट हाल्ने अवस्था आउदा मतदाता संख्या घटने भएकोले जनप्रतिनिधिहरुले उपमहानगर बनाउन जाँगर नदेखाएको आयोग स्रोतले जनायो । अहिले स्थानीयले उपमहानगर बनाउने जोडदार माग गरेपछि नेताहरु तीन चीत खादै आन्दोलनको कित्तामा उभिन पुगेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.