logo

ठाकुरराम क्याम्पसमा नयाँ भर्नामा रोक, तडकभडकको प्रचार प्रतिबन्ध

चुनावको कार्यतालिका र आचारसंहिता सार्वजनिक गरी शनिबारदेखि चुनाव सम्पन्न नहुँदासम्मका लागि भर्ना रोक

      1/28/2017 गते 00 00 मा प्रकाशित     1270   पटक पढिएको

आगामी १४ फागुनमा हुने स्ववियु चुनाव लक्षित गरी विद्यार्थी संगठनले नयाँ विद्यार्थी भर्ना गर्न नपाउने भएका छन् । त्रिभुवन विश्वविद्यालयले चुनावको कार्यतालिका र आचारसंहिता सार्वजनिक गरी शनिबारदेखि चुनाव सम्पन्न नहुँदासम्मका लागि भर्ना रोकेको हो ।

त्रिविले जारी गरेको आचारसंहिताअनुसार यसपटक विद्यार्थी संगठनले प्रचारका लागि तडकभडक गर्न पाउनेछैनन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समितिले जारी गरेको आचारसंहितामा निर्वाचन कमिटी, उम्मेदवार, क्याम्पस प्रशासनलगायतले गर्नुपर्ने र गर्न नहुने काम तोकेको छ । त्रिविले शनिबार १ फागुनमा मतदाता सूची प्रकाशित गर्नेदेखि १४ फागुनमा मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

चार लाख युवाकेन्द्रित चुनाव स् त्रिवि उपकुलपति
त्रिवि उपकुलपति प्रा। डा. तीर्थराज खनियाँले विद्यार्थी संगठनसँगको छलफलबाट आचारसंहिता जारी गरेको जानकारी दिए । ‘विद्यार्थी संगठनहरूसँगै छलफल गरी सामान्य ढंगले चुनाव गर्ने सहमति भएको हो,’ उनले भने, ‘त्रिविमा झन्डै चार लाख युवाको ध्यान केन्द्रित हुने चुनाव हुँदै छ, कुन संगठनले जित्छ भन्दा पनि स्ववियुले जित्नुपर्छ, विद्यार्थीकै सहयोगले चुनाव सफल हुन्छ ।’

मिश्रित प्रणालीमा चुनाव
त्रिविमा ०६५ सालयता स्ववियु चुनाव हुन सकेको छैन । पहिलोपटक मिश्रित प्रणालीमा चुनाव हुँदै छ । स्ववियुमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्यमा प्रत्यक्ष चुनाव गर्ने तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्यमा समानुपातिक प्रणालीमा चुनाव हुने प्रस्ताव यसअघि नै पारित भएको छ ।

भर्ना गर्न नपाइने
त्रिविले स्ववियु निर्वाचन घोषणा गरेको मितिबाटै सम्पूर्ण क्याम्पसमा प्रथम वर्षको भर्ना बन्द गरिने बताएको छ । साथै दोस्रो, तेस्रो र चौथो वर्ष एवं दोस्रो सेमेस्टरदेखि अन्तिम सेमेस्टरको भर्ना बन्द गरिनेछ । तर, सेमेस्टर प्रणालीमा सञ्चालित कार्यक्रममा प्रवेश परीक्षा उत्तीर्ण भइसकेका कोटाभित्र भर्ना हुनेको हकमा मतदाता सूची प्रकाशित हुने मितिभन्दा एक दिनअगाडिसम्म नियमअनुसार भर्ना गर्न पाइनेछ ।

प्रमाणपत्र पेस गर्नुपर्ने
प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार हुने विद्यार्थीले उमेर खुलेको अध्ययनरत तहभन्दा अघिल्लो तहको शैक्षिक प्रमाणपत्रको सक्कल निर्वाचन समितिमा पेस गरी त्यसको प्रतिलिपि पेस गर्नु पर्नेछ । त्यस्तो उम्मेदवार ६ फागुन २०४५ भन्दा अगाडि जन्ममिति भएको हुनु पर्नेछ ।

अलग–अलग मतपत्र
निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका लागि अलग–अलग मतपत्र हुनेछ, समानुपातिक मतपत्रमा संगठनको नाम राखिनेछ । प्रत्यक्षतर्फका मतपत्रमा संघ–संगठन वा समूह र उम्मेदवारको नाम राखिनेछ । समानुपातिकतर्फ संघ, संगठन वा समूहको नाम मात्र राखिने छ ।

उम्मेदवारबारे यस्तो छ व्यवस्था
प्रत्यक्षतर्फका उम्मेदवार भएका व्यक्तिले समानुपातिकतर्फ उम्मेदवार हुन पाउने छैनन् । प्रत्यक्षतर्फको उम्मेदवारको नाम समानुपातिकतर्फबाट समावेश भएको पाइएमा निर्वाचन समितिले समानुपातिकतर्फबाट नाम हटाई बाँकी सदस्यहरूको नाम मात्र कायम गर्नेछ ।

प्रत्यक्ष निर्वाचनतर्फको मतगणनामा मत बराबर भएमा गोलाप्रथाबाट निर्णय गरिनेछ । समानुपातिकतर्फ खसेको जम्मा मतलाई समानुपातिकतर्फ हुने सदस्य संख्याले भाग गरी आएको मागफललाई निर्वाचित हुने मत कोटा मानिनेछ । यो मत कोटाको अनुपातमा संघ, संगठन वा समूहको सदस्य निर्वाचित हुनेछन् । निर्वाचित हुने आवश्यक संख्या पूरा नभएमा अधिकतम शेषफलको क्रमअनुसार निर्वाचित हुने सदस्य संख्या वितरण गरिनेछ ।

यस्तो छ तालिका

१ फागुन स् मतदाता सूची प्रकाशित

३ फागुन स् मतदाता सूचीमा दाबी विरोध र मतदाताको नामावली प्रकाशित

४ फागुन स् उम्मेदवारको मनोनयन पत्र वितरण

५ फागुन स् उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित

६ फागुन स् उम्मेदवारको नामावलीमा दाबी विरोध र दाबी विरोधमा छानबिन गरी नामावली प्रकाशन

८ फागुन स् उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय ९१ बजेसम्म० र ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित

१४ फागुन  स् मतदान

यस्ता गतिविधि गर्न पाउँदैनन् विद्यार्थीले

१. क्याम्पसको पर्खालको बाहिरपट्टि, भित्रपट्टि र क्याम्पसपरिसरमा भित्तेलेखन गर्न पाइनेछैन ।
२. निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र पोस्टर टाँस्न पाइनेछैन
३. त्रिवि वा क्याम्पसलाई हानि–नोक्सानी हुने कुनै प्रकारको प्रचार–प्रसार गर्न पाइनेछैन ।
४. क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका संघ–संगठन, समूह वा
स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी निर्वाचन समितिले परिचयात्मक कार्यक्रम सञ्चालन गर्नेछ, सो कार्यक्रममा एक–अर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न पाइनेछैन ।
५. प्रत्येक संघ–संगठन, समूह र स्वतन्त्र उम्मेदवारको आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एक रङको पर्चा मात्रै प्रचार–प्रसार गर्न पाइनेछ ।
– क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न पाइनेछैन ।
– बन्देज लगाएका कार्य कसैले गरेको पाइएमा क्याम्पसले तुरुन्त हटाउनेछ ।
– मतदान हुनु ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचार–प्रसार गर्न पाइनेछैन ।

भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेको खबर ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.