logo

ठेकेदारको लापरवाहीले वीरगन्ज हिलाम्मे

झन्डै डेढ वर्षदेखि सुक्खामा धुलो र पानी पर्दा हिलोको समस्या

      1/29/2017 गते 00 00 मा प्रकाशित     1554   पटक पढिएको

 

वीरगन्ज - ३ दिन अगाडि परेको पानीले आर्थिक नगरी अझै हिलाम्मे छ । सहरका विभिन्न भागका सडक कच्ची भएकाले गत शुक्रबार हल्का पानी पर्दा पनि सडक हिलाम्मे भएका हुन् । वर्षातको पानी र ढल निकासका लागि ठेकेदारले पक्की सडकको बीच भागमा खनेर अन्डर ग्राउन्ड नाला निर्माण गरी माटो मात्र पुरेर छाडेकाले सहर हिलाम्मे भएको हो । चिप्लो हिलाम्मे बाटोमा सर्वसाधारणलाई हिँडडुल गर्न समेत ग्राहो भएको छ । ठेकेदारको मनपरीले वीरगन्जवासीको विजोग भएको हो । मूख्य व्यापारिक केन्द्र आदर्शनगर, पावर हाउसदेखि लक्ष्मनवा चोकसम्म, नेशनल ट्रेडिङ देखि कृषि औधार कारखाना, पानीट्यांकीको ब्रहमचौकदेखि मुर्ली बगैँचा, जेल रोड पछाडिको रेल्वे सडक हिलाम्मे बनेका छन् । नाला निर्मँण गर्नु अगाडिसम्म पक्की रहेका यी सडक अहिले कच्ची छन् । अधिकांश सडक महाभूकम्प अगाडि नै खनिएको भएपनि अझै पीच गर्ने सुरसार छैन् । ‘ढल निकासका लागि निर्माण गरिएका अन्डर ग्राउन्ड नालामाथि माटो ओछ्याएर छाडिएको छ,’ जेल रोड निवासी सुनिल भट्टराई भन्छन्,‘ झन्डै डेढ वर्षदेखि सुक्खामा धुलो र पानी पर्दा हिलोको समस्या छ ।’

 

उनका अनुसार पानी नपर्दा धुलाम्मे हुने उक्त क्षेत्रका अधिकांश स्थानीय वासिन्दा धुलोको प्रदूषणले रुघा खोकीको विरामी बनेका छन् । ‘दिनभरि झ्याल ढोका बन्द गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘विहान बढारेको कोठा दिउँसो नहुँदै धुलोको पत्र बसिसकेको हुन्छ । सम्झौता बमोजिम ठेकेदारले पानी समेत पटाउँदैनन् ।’ एक क्षेत्रको काम सम्पन्न नगरी सहरभरिकै सडक खनेर ठेकेदारले अलपत्र पारेको राधेमाई टोल निवासी अनुप तिवारीले गुनासो गरे । जिल्लाको ग्रामीण भेगका वासिन्दालाई सदरमुकामसँग जोड्ने पदमरोड २ महिना अगाडिनै खन्ने काम गरेतापनि अझै सम्पन्न भएको छैन् । गाउँबाट उखु लिएर वाराको चिनी मेलसम्म जाने किसान अत्यधिक मारमा परेका छन् । नारायणी यातायात व्यवस्था कार्यालय अगाडिको पक्की सडक खनेर नाला निर्माण भएको झन्डै एक वर्ष बितीसक्दा पनि पीच गर्ने कार्य अझै सुरु भएको छैन् । आवतजावतमा कठिनाई भएपछि कार्यालयको कामकाज नै प्रभावित बनेको सवारी अनुमति शाखाका प्रमुख कमल कुमार गौतमले बताए । विभिन्न जिल्लाबाट सवारी नामसारी, लाइसेन्स नवीकरण, कर दाखिलाका लागि आउने सेवाग्राही हिलाम्मे सडकका कारण फर्केर जाने अवस्था बनेको छ ।

 

योजनाको प्रोजेक्ट म्यानेजर ठाकुर ढकालका अनुसार जाडो मौसम सकिनाथ सडक पक्की गर्ने कार्य सुरु हुनेछ । नाला बनिसकेको ठाउँमा यथाशिघ्र कालोपत्रे गर्छौ, उनले भने, वर्षात अगाडि नै निर्माण सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनीले अहिले पीच गर्ने मौसम नभएको भन्दै पन्छिएपनि डेढ वर्ष अगाडि पुरिएको इनरबाइपासको सडक र नेशनल ट्रेडिङ–रानीघाट सडक खण्ड समेत हिलाम्मै छ । चलनचल्तीका सडकहरु व्यवस्थित नहुँदा सर्वसाधरणले सास्ती खेपेका छन् । साइकल र रिक्सा चल्न सक्न अवस्था समेत छैन् । ‘रातको समयमा लोडसेडिङ्ग हुँदा स्थानीयलाई आवतजावतमा कठिनाई छ,’ रानीघाटका मनोज चौधरी भन्छन्, ‘सरोकारवाला निकायको लापरवाहीले विकासको नाममा वीरगन्जवासीले सास्ती खेपिरहेका छन् ।’

 

नेपाल निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष रमेश प्रसाद पाण्डेले ठेकेदार कम्पनीको लापरवाहीले वीरगन्ज अस्तव्यस्त बनेको बताए । ‘मौसमलाई मध्यनजर गरी ठेकेदारले काम गर्नुपर्छ,’ उनले भने, ‘बाटो खनेर सडक हिलाम्मे पार्ने काम मात्र ठेकेदारको हैन् । कुनै पनि निर्माण योजना सञ्चालन हुँदा ठेकेदार कम्पनीले वातावरणमा प्रदुषण रोक्न धुलो उड्न दिनुहुँदैन् ।’ झन्डै ३ अर्ब रुपैयाँमा चिनियाँ निर्माण कम्पनी र नेपालको कालिका कन्सट्रक्सनले निर्माण सम्झौता गरेका हुन् । यही मार्चसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि हालसम्म करिब ६० प्रतिशत मात्र काम भएको छ ।  

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.