logo

एडीबीको योजनामा व्यापक अनियमितता

वीरगन्जवासीले गरे विरोध

      1/31/2017 गते 00 00 मा प्रकाशित     1705   पटक पढिएको

 

वीरगन्ज-विगत लामो समयदेखिको डुबान र ढल निकासको समस्या समाधानका लागि वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनामा ठेकेदारले मापदण्ड विपरित पूर्वाधार निर्माण गरेपछि स्थानीयले विरोध गरेका छन् । ठेक्का सम्झौतामा उल्लेख भएको मापदण्ड भन्दा बाहिर गएर ठेकेदारले नाला ढलान गर्दा स्थानीयले विरोध गरेका हुन् । ढल निकासका लागि निर्माण भइरहेको अन्डरग्राउन्ड नाला ढलान गर्ने क्रममा ठेकेदार कम्पनीले निर्धारित मापदण्ड पालना नगरेपछि वीरगन्ज उपमहानगरपालिका–१५ स्थित ओम शान्ति टोल सुधार समितिले मंगलबार विहान निर्माण कार्य रोकेका छन् । ढलानका लागि ३/१ को मसला बनाउनु पर्नेमा ७/१ को मसला बनाएको पाइएपछि निर्माण कार्य रोकेको समितिका अध्यक्ष लाल बहादुर महतोले बताए ।

 

‘पूर्वाधार निर्माण बलियो नभएपछि भविष्यमा हामीले नै दुःख पाउँछौ,’ उनले भने, ‘ठेकेदार त यहाँ बस्ने हैन् ।’ करिब ३ अर्ब रुपैयाँको लागतमा सञ्चालित योजनाको कुल लागतमध्ये ८४ प्रतिशत एसियाली विकास बैंक र बाँकी नगर विकास कोष, उपमहानगरपालिकाले व्यहोरेको छ । ‘सम्झौतामा ढलानका लागि मसला बनाउँदा १ बोरा सिमेन्ट, १ बोरा गिट्टी र २ बोरा बालुवा मिसाउनुपर्ने उल्लेख छ,’ अध्यक्ष महतोले भने, ‘तर, ठेकेदारले ४ बोरा गिट्टी, ३ बोरा बालुवा र १ बोरा सिमेन्ट मिसाएका छन् ।’ मंगलबार विहान निर्माण कार्य अवरुद्ध भएपछि योजनाका इन्जिनियर सुवास मिश्राले निर्माण रोकेर मसला परिक्षणका लागि लिएर गएका थिए । ३ दिन अगाडि पनि सोही क्षेत्रमा बालुवामा अत्यधिक रुपमा माटो मिसिएको फेला परेको स्थानीय जोगिन्दर साहले बताए ।

‘विरोध गरेपछि त्यो बालुवा प्रयोगमा ल्याएनन्,’ उनले भने, ‘मसलाको गुणस्तर कसैले थाहा नपाउन भनेर ढलानको कार्य रातको समयमा गर्छन् ।’ निर्माण कार्यमा अनियमितताको आशंका बढेपछि टोलवासीले नाला खन्ने काम राति र ढलानको कार्य दिनमा गर्न ठेकेदारलाई आग्रह गरेका थिए । ‘विहान ढलानका लागि मसला बनाउने क्रममा रंगेहात पक्राउ परे,’ स्थानीय रामपुकार कुशवाहाले भने, ‘एक सातादेखि निगरानीमा थियौँ ।’ अन्डर ग्राउन्ड नाला ढलान गरेपछि प्रयाप्त पानी नै नपटाई ठेकेदारले माटो पुरिदिने गरेका छन् । ‘यसरी ढलान बलियो हुँदैन्,’ एक निर्माण व्यवसायीले भने, ‘निर्धारित समय अगावै भत्किन सक्छ ।’ ढल निकासका लागि नाला निर्माणको ठेक्का लिएको कालिका कन्सट्रक्सनले सहरको भित्री भागमा अधिकांश निर्मँण कार्य साना ठेकेदारलाई दिएको छ ।

 

विरोध भएको क्षेत्रमा नाला निर्माणको ठेक्का पाएका महोतरीका अजय यादवले मसला निर्माणमा अनियमितता नभएको दाबी गरे । कहिलेकाही कामदारले नजानेर गल्ती गर्न सक्ने उनले जिकिर गरे । ‘एकैपटक दोहोरो मसला बनाउँदा स्थानीयले आशंका गरेका हुन्,’ उनले भने, ‘नाला भत्किए हामी फेरि निर्माण गरिदिन्छौँ ।’ कालिका कन्सट्रक्सनका प्रोजेक्ट म्यानेजर ठाकुर ढकालका अनुसार एकाध ठाउँमा आँखा छलेर बदमाशी गरेका हुन्सक्छन् । ‘गुणस्तर कायम राख्न कडा निगरानी काम राखेका छौ,’ उनले भने । वर्षातको पानी र घरबाट निस्किने फोहोर पानी सहज निकासका लागि सहरको पूर्व र पश्चिममा रहेका सिर्सिया र सिँघा नदीसम्म पु¥याउन अन्डरग्राउन्ड नाला निर्माण भइरहेका छन् ।

साभार

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.