logo

भरतपुर अस्पतालको ओपिडी सेवा बिस्तार हुने, नारायणी उपक्षेत्रीय अस्पतालको कहिले ?

      2/2/2017 गते 00 00 मा प्रकाशित     1512   पटक पढिएको

 

वीरगन्ज - चितवनको भरतपुर अस्पतालले ओपिडी सेवाको समय बिस्तार गर्ने भएको छ । अस्पताल सञ्चालक समितिको बिहीबार बसेको बैठकले अस्पतालको ओपिडी सेवालाई दिउँसो ४ बजेसम्म बढाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्र र बिरामीहरुको सेवालाई मध्यनजर गर्दै जनतालाई राहात दिन ओपिडी सेवाको समयअवधी बढाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । अस्पतालले अहिले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै ओपिडी सेवा सञ्चालन गर्दै आएको थियो ।
    

स्वास्थ्य मन्त्रालयले मुलुकभरकै अस्पताललाई ओपडी सेवा ९ बजेदेखि ४ बजेसम्म बढाउने परिपत्र गरेपनि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकले टेर पुच्छर लगाएका छैनन् । अहिलेपनि उनीहरु विहान साढे १० बजे अस्पताल आएर १२ नबज्दै ओपडी बन्द गर्दै आएका छन् । दिउसो १ बजे अस्पतालबाट बाहिरिएपनि चिकित्सकहरु १२ नबज्दै ओपडी छाडेर अस्पतालको मिटिङ्ग हलमा बसेर चिया खादै गफ गरिरहेका भेटिन्छन् । स्थानीय प्रशासन, नागरिक समाज र यहाका राजनीतिक दलले निगरानी नबढाउदा चिकित्सकहरुले अस्पतालमा मनपरी गरेको गुनासो बढ्दो छ ।

 

मध्य मधेसको एकमात्र उपक्षेत्रीय अस्पताल नारायणीमा पर्सा, वारा, रौतहट, सर्लाही सम्मका विरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालको ओपडी कक्षमा मुश्किलले १ घन्टा बस्ने चिकित्सक नीजि अस्पताल र क्लिनकममा भने ५÷६ घन्टा सम्म विरामी जा“च गर्छन् । अधिकार र पहिचानको नाममा चर्को आन्दोलन गर्ने नेताहरुले गरिब जनताको सेवाका लागि खुलेका अस्पतालमा चिकित्सक नबस्दा केही बोल्दैनन् । सस्तोमा उपचार पाउने उद्देश्यले सरकारी अस्पतालमा आएका विरामी डाक्टर नभेट्दा बाध्य भएर नीजि क्लिनिकमा पुग्ने गरेका छन् ।

 

छिमेकी जिल्ला चितवनमा स्वास्थ्य क्षेत्रका अनियमितता सुधारका लागि स्थानीय प्रशासनले बेला बेला निगरानी र छापामारी गर्दै आएको छ । पर्साको प्रशासन प्रमुख केशवराज घिमिरे जिल्ला प्रमुख भएर आएको झन्डै ३ वर्ष पुग्नै लाग्दा पनि एकपटक पनि स्वास्थ्य क्षेत्रको विसंगति र विकृत्ति हटाउन पहल समेत नगरेको पर्सेली जनताको गुनासो छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.