logo

गाउँमै डाक्टरहरुको भिड लागेपछि ठोरीबासी दङ्ग 

      2/19/2017 गते 00 00 मा प्रकाशित     1537   पटक पढिएको

फागुन ८ ठोरी
आफ्नै गाउँमा स्वास्थ्य परीक्षण गर्न पाएपछि ९० वर्षिया नन्दकला कार्की दङ्ग थिइन् । वरिष्ठ चिकित्सकसंग स्वास्थ्य परीक्षण पछि चाउरी परेको अनुहार उज्यालो पार्दै कार्कीले भनिन्–उपचार गर्न सहर जान बुढो शरीरलाई गाह्रो थियो । तर, आफूलाई लागेको रोग सम्बन्धि विशेषज्ञ डा। गाउँमा नै आएर परीक्षण गरेकाले ज्यादै खुशी लागेको छ । निशुल्क स्वास्थ्य परीक्षण संगै औषधी पनि सित्तैमा उपलब्ध गराएको छ । उनी जस्तै ७५ वर्षिय लिलाबहादुर खड्काको प्रतिक्रिया पनि त्यस्तै थियो । बाटोको दुरावस्थाले गर्दा सहरमा उपचार गर्न जान बुढौली शरीरलाई ज्यादै कठिन कुरा थियो । हामीलाई भगवान आइदिए जस्तै भाको छ । केही दिन भएपनि आयु बढ्छ की भन्ने आशा पलाएको छ । शिविरमा आएका चिकित्सकहरुले निकै ख्याल गरेर परीक्षण गरेका छन् । औषधी पनि निशुल्क पायौैँ । हामी गरीव गाउँलेका लागि यो भन्दा खुशीको अरु के कुरा हुन सक्छ र रु कार्की र खड्का त शुक्रबार ठोरी–२ स्थित श्री नेपाल राष्ट्रिय प्राविधीक मावि परिसरमा ६७ औँ प्रजातन्त्र दिवसको अवसरमा शनिबार सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा उपचार गराउन आएका प्रतिनिधी पात्र मात्र हुन् । बालबालिका देखि लिएर बृद्ध–बृद्धा समेत उपचारका लागि शिविरमा ठूलो भिड लागेको थियो । शिविरमा विभिन्न रोगका ८ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 
शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ, नाक, कान, घाँटी रोगका विशेषज्ञ, हाडजोर्नी, सर्जरी, बालरोग विशेषज्ञ, पेट, छाती तथा मुटु रोग सम्बन्धि विशेषज्ञ, दाँत रोगका विशेषज्ञ, रेडियोलोजी लगायत आदि रोगका विशेषज्ञहरुले विरामीहरुको चेकजाँज गराउँदै निशुल्क औषधी उपलब्ध गराएको छ ।  
नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष एवँ प्रमुख कन्सल्टेन्ट डा। प्रकाश खतिवडाले भने, उपचारका क्रममा धेरै व्यक्तिमा प्रेसर, सुगरका विरामी भेटियो । तर, उनीहरुलाई यसबारे कुनै ज्ञान देखिएन । औषधी प्रयोग नै नगरेको पाएँ । यो शिविरले त्यस्ता रोगीहरुका लागि थप लाभ हुन पुगेको छ । किन भने, उनीहरुले अबको क्रममा प्रेसर तथा सुगरको औषधी नियमित सेवन नगरे खतरा हुन सक्छ । आफूहरुले ठोरीका बासिन्दाले सहज स्वास्थ्य सेवा पाउन नसकेको जानकारी पाएरै सबै रोगका विशेषज्ञहरुलाई समावेश गरेर निशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हौँ । ठोरी प्रति चितवनका चिकित्सक टोली निकै गम्भिर रहेको भन्दै डा। खतिवडाले भने, ठोरी नै चितवनको विकासको आधार हो । ठोरीको जग बलियो भयो भने चितवन बलियो हुन्छ । ठोरीमा शिविर चलायौँ । नेपाल चिकित्सक संघ चितवनले  
यो शिविरमा प्राविधीक सहयोग गरेको र आगामी दिनमा ठोरी–केरुङलाई भावनात्मक रुपमा जोड्न पनि केरुङ तर्फ गएर शिविर चलाउने योजना बनाउदै छौँ, डा। खतिवडाले भने । 
चिकित्सक श्रीमति संघ चितवनकी अध्यक्ष प्रविणा खतिवडाले शिविरमा स्वास्थ्य परीक्षण गराउन आउनेमा धेरै जसो महिला नै पाएको बताइन् । उनले भनिन्, यस क्षेत्रका महिलाहरुले आफ्नो स्वास्थ्य अवस्थामा त्यति ख्याल गरेको देखिएन । शिविरमा स्वास्थ्य परीक्षणका लागि १५ वर्षकी गर्भवती युवती पनि भेटियो । यो त ज्यादै गम्भिर कुरा होइन र रु उनले प्रतिप्रंश्न गरिन् । शिक्षा, चेतना आदिका कारण पनि महिलाहरुको स्वास्थ्यमा बढी समस्या भएको उनले बताइन् । ठोरी स्वास्थ्य सेवाको सहज पहुँच नपुगेको ग्रामिण भेग भएको जानकारी पाएर नै चिकित्सक श्रीमति संघ चितवनले स्वास्थ्य शिविर सञ्चालन आयोजनामा सहयोग गरेको उनले बताइन् । स्वास्थ्य शिविर उचित ठाउँमा सञ्चालन भएको भन्दै यस क्षेत्रका गरीव महिलाहरुको स्वास्थ्य उपचारमा सक्दो सहयोग गर्ने समेत उनले बताइन् । डा। प्रविणा खतिवडाको सभापतित्वमा नै शिविरको औपचारिक कार्यक्रम भएको थियो ।      
शिविरको औपचारिक कार्यक्रममा बोल्दै ठोरी–केरुङ लोकमार्गका अभियनता तारा पौडेलले ठोरी र चितवन वीच भावनात्मक सम्बन्ध प्रगाढ पार्नका लागि नै यो शिविरको आयोजना गरिएको बताए । चितवनका बासिन्दा ठोरीबाट कहिल्यै टाढा रहन नसक्ने भन्दै यो शिविरले ठोरी र चितवनवीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास आफूले लिएको पौडेलले बताए ।
विभिन्न रोगका झण्डै एक  दर्जन जना भन्दा बढी अनुभवी चिकित्सकहरुको टोलीले शिविरमा निशुल्क स्वास्थ्य जाँचदेखि लिएर औषधी समेत निशुल्क उपलब्ध गराएका कारण ठूलो संख्यामा स्वास्थ्य परीक्षणका लागि मानिसहरुको भिड लागेको शिविर व्यवस्थापनमा खटिएका जगेन्द्र पौडेलले जानकारी दिए ।
एकै ठाउँबाट निशुल्क रुपमा यति धेरै रोगका निशुल्क सेवा उपलब्ध हुने भएपछि ठोरी, निर्मलवस्ती, सुवर्णपुर, चितवनको बाँदरझुला लगायतका स्थानबाट विरामीहरुको भिड लागेको पौडेलले बताए । शिविरमा भिडियो एक्स–रे, अल्ट्रासाउण्ड लगायतका सेवा समेत उपलब्ध गराइएको थियो ।
शिविरमा वरिष्ठ फिजिसियन डा। प्रकाश खतिवडा, डा। मनोज अधिकारी, डा। सन्दिप पाण्डे, डेन्टल रोग विशेषज्ञ डा। विजयराज आचार्य, डा। सोनी सुवेदी, डा। रविरन्जन कुमार रजकले विरामीहरुको स्वास्थ्य परीक्षण गराएका थिए । यस्तै सर्जरी विशेषज्ञ डा। इश्वरचन्द्र घिमिरे, अर्थोपेडिक विशेषज्ञ डा। श्रवणकुमार थापा, डा। रामशरण श्रेष्ठले पनि स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा नाक, कान तथा घाँटी, चर्म तथा यौन रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ लगायतका विशेषज्ञहरुले समेत स्वास्थ्य परीक्षण गरेका थिए ।
निशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन श्रृजना मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठोरी, निर्मल–ठोरी उपभोक्ता समिति, गाविस कार्यालय ठोरी, ठोरीमा रहेका विभिन्न संघसंस्थाहरुले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.