logo

यसरी 'चोरियो' जन्मेको ३ घण्टामै शिशु

      2/3/2017 गते 00 00 मा प्रकाशित     1459   पटक पढिएको

 

वीरगन्ज २१ माघ । प्रशव बेथाले च्यापेपछि वीरगन्ज उपमहानगरपालिका १ छपकैयाकी रमावतीदेवी पासवानले जेठी बुहारी आशालाई शुक्रबार बिहानै नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याइन् । आमा र पेटमा रहेको बच्चाको स्वास्थ्य ठीक थियो । आशाले अस्पतालको प्रसूति वार्डमा १० बजेर ४० मिनेटमा सामान्य अवस्थामै छोरो जन्माइन् । बच्चा सफा गरेर नर्सले हजुरआमा (रमावती) को जिम्मा लगाए । अनि सुत्केरीलाई वार्डमा सारे । त्यतिबेलासम्म रमावतीकी कान्छी बुहारी खुस्बु पनि आइसकेकी थिइन् । कान्छी बुहारी र रमावती दुवै मिलेर परिवारको नयाँ सदस्य र सुत्केरीको रेखदेख गर्न थाले । 

 

सुत्केरी बुहारी शौच जान उठदा अत्यधिक रक्तस्राव भएपछि रमावतीले स्टाफ नर्सलाई खबर गरिन् । नर्सले वार्डमै आएर शय्या नम्बर ६५ को वरिपरि साडी बेरेर रगत सफा गरे । साढे १ बजेतिर छेउकै एक सुत्केरीलाई सुई लगाउन नर्स आउँदा पनि अवस्था सामान्य नै थियो । त्यसको केही बेरपछि नवजात शिशुकी हजुरआमा रमावती ‘हमार बबुवा के कौन लेगइल’ भन्दै रुँदै कराउँदै अस्पताल परिसरतिर दौडिइन् ।

 

उनले अस्पतालमा तैनाथ प्रहरी र सुरक्षा गार्डलाई बच्चा चोरी भएको बताइन् । सुरुमा कसैले विश्वास गरेनन् । रमावती भक्कानिने क्रम नरोकिएपछि सबै गम्भीर भए । प्रसूति वार्डबाट बाहिर निस्कने प्रत्येकलाई द्वारमा जाँच गर्न थाले । शय्यामा आराम गरिरहेकी आशादेवी नवजात छोरा चोरी भएको सुनेपछि अचेत भइन् । चारैतर्फ खोजबिन गरेर पनि बच्चा फेला नपरेपछि परिवारले आफन्तलाई खबर गर्न थाले । अपराहन २ बजेपछि अस्पतालमा होहल्ला र नाराबाजी सुरु भयो । नर्सकै लापरबाहीले बच्चा हराएको आरोप लगाउँदै परिवार र आफन्तले नर्सलाई गाली गर्न थाले । त्यसपछि नर्सहरूले वार्ड छाडेर गएकाले वार्डका अन्य सुत्करी महिलासमेत अलपत्र परेका छन् । आक्रोशित भीडले अस्पताल गेट अगाडि टायर बालेर प्रदर्शन गरेको थियो । त्यसपछि अस्पतालमा प्रहरी तैनाथ गरिएको छ ।

 

उपक्षेत्रीय अस्पतालमा झन्डै ४ लाख रुपैयाँ खर्चेर ‘सीसीटीभी’ जडान गरिए पनि कुनै पनि चालु अवस्थामा छैनन् । कमिसनको चक्करमा कमसल क्यामेरा खरिद गरिएकाले जडान भएको केही दिनमै क्यामराले काम गर्न छोडेको कर्मचारी बताउँछन् ।  ‘बिहान वार्डमा आएदेखि सँगै रहेकी एक अपरिचित महिलाले बच्चा चोरेकी हुन्,’ बिलौना गर्दै रमावतीले भनिन्, ‘अस्पताल प्रशासनको लापरबाहीले यस्तो घटना भयो ।’ उनका अनुसार पातलो शरीर र गहुँ गोरो हुलिया भएकी ती महिला प्रसूति वार्डमै थिइन् । ‘अस्पतालका गार्ड र नर्सले अरूलाई बाहिर निकाल्दा पनि ती महिला जतिखेर पनि वार्डमै घुमिरहेको देख्थें,’ गहभरि आँसु झार्दै उनले भनिन्, ‘मैले सोचें, उनी पनि यहींकै स्टाफ हुन् ।’ 

 

‘कान्छी बुहारी र म जेठीलाई स्याहार गर्दै थियौं, नाति रोएपछि ती महिलाले हातमा उठाएर खेलाउन थालिन्,’ उनले भनिन्, ‘बाहिर निस्किएपछि बुहारी पनि पछिपछि लागिन् तर एकछिनमै ती महिला बच्चा लिएर बेपत्ता भइन् ।’ वार्डका अन्य कुरुवाका अनुसार ती महिला रमावतीसँग घुलमिल भइसकेकी थिइन् । ‘दूध र पाउरोटी खरिदका लागि ५० रुपैयाँ पनि ती महिलाले दिएकी थिइन्,’ वार्डमा भेटिएका एक कुरुवाले भने । 

 

प्रसुति गृहमा पहिलोपटक नवजात शिशु हराएपछि चिकित्सक, नर्स र कर्मचारी स्तब्ध छन् । ‘यही प्रसूति वार्डमा काम गरेको १७ वर्ष भयो,’ स्टाफ नर्स गीता केसीले भनिन्, ‘पहिलो पटक बच्चा चोरीको घटना सुन्दै छु, मेरो आफ्नै मुटु कामिरहेको छ ।’  मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले ‘नर्मल डेलिभरी’ भएकाले बच्चा परिवारको जिम्मा लगाएर सुत्केरीलाई वार्डमा सारिएको बताए । ‘यस्तो घटना कहिल्यै भएको थिएन,’ डा. साहले भने, ‘प्रहरी प्रशासनको सहयोगमा बच्चा खोजीमा लागेका छौं ।’ प्रसूति गृहमा जो कोहीले सजिलै प्रवेश पाउने गरेको छ ।

साभारः इकान्तिपुर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.