logo

आफूबाट नजन्मिएपछि अर्काको बच्चा चोरियो

      2/5/2017 गते 00 00 मा प्रकाशित     1518   पटक पढिएको

 

वीरगञ्ज, २३ माघ । वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १ छपकैयाकी आशादेवी पासवानको हराएको नवजात शिशु आइतबार फेला परेको छ । शुक्रबार बिहान नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगञ्जमा पौने ११ बजे आशादेवीले जन्माएकी शिशु दुई घण्टा नबित्दै पाउ“दै अस्पतालको बेडबाटै चोरी भएको थियो । पर्सा प्रहरीले पर्साको बेल्वा गाविस वडा नम्बर ९ मिलनचोकबाट शिशु सहित शिशु चोरी गर्ने २२ वर्षिया लालसा देवीलाई आईतबार दिउँसो पक्रेको हो ।

 

लालसा देविले शुक्रबार बच्चा लिएर वीरगञ्ज–१४ श्रीपुरमा रहेको कृषि औजार कारखाना नजिक रहेको सानीमाको छोराको डेरामा राखेको र भोलिपल्टै बेल्वा स्थित माईतीमा गएको बुझिएको प्रहरी श्रोतले बताएको छ । विवाह गरेको पाँच वर्षसम्म जायजन्म नभएपछि पर्सा, वेलवा मिलनचोक–९ कि लालसदेवीमा बच्चा चोरी गरेरै पाल्ने अभीप्सा पैदा भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । पाँच वर्ष पहिले भिश्वामा विवाह भएको लालसाको बच्चा नभएको कारण उनले बच्चा चोरी गरेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आईतबार आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले ५ वर्ष अगाडि विवाह भएकी लालसा देविको बच्चा नभएकोले बच्चाको चाहना पुरा गर्नकै लागि बच्चा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

 

घटनामा अन्यको संलग्ता रहे नरहेको बारेमा खोजी भईरहेको पर्सा प्रहरीले बताएको छ । दोषि महिलालाई कानुन बमोजिक कडा कारबाही हुने मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका डिआईजी पशुपति उपाध्यायले बताए । उनले भने अपरिचित मानिसहरु आउँदा हामीकहाँ वेवास्ता गर्ने चलन छ, सोधपुछ गर्ने गर्नुपर्छ, यस्तो घटना अस्पतालमा मात्रै होईन घरमै पनि घट्न सक्छ यस्ता घटना नदोहोरियोस भनेर सचेत बन्नुपर्छ । आईतबार बिहान श्रीपुरका एक व्याक्तिले सुचना दिएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरिक्षक गोविन्द कुमार साह र प्रहरी नायव उपरिक्षक जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लालसा देवीकी सानीमाको छोरालाई पक्रेर सोधपुछ गरेपछि लालसाले बच्चा चोरी गरेको रहस्य खुल्न आएको थियो । यसअघि अस्पतालको बेडबाटै बच्चा चोरी भएपछि बच्चाका अभिभावक र गाउ“लेहरुले दुई दिन सम्म अस्पतालमा प्रदर्शन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.