logo

राजनीतिक निकास र विकासका लागि दबाव कार्यक्रम 

      2/24/2017 गते 00 00 मा प्रकाशित     1514   पटक पढिएको

बीरगंज १४ फाल्गुन
राजनीतिक निकास र विकासका लागि वीरगञ्जको घण्टाघरमा शनिवार सचेत युवाहरुले एक घण्टा दवावमुलक कार्यक्रम समपन्न गरेका छन् । 
जवाफदेहिताका लागि हाम्रो अभियानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले निकासका लागि संवाद गर्न र विकासका लागि दलहरु एक भई निकास दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले संवाद मार्फत सहमतिको बाटो खोजेर दलहरु सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए ।  
कार्यक्रममा बोल्दै ईन्सेक पर्सा प्रतिनिधि एवंम् नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष केसी लामिछानेले नागरिकको सेवा सुविधाका लागि राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताएका थिए । देश विकासका काममा राजनीतिक विमति हुन नहुने उनको भनाई थियो । जिल्ला जिल्ला वा गाउँ गाउँको विकासले कुन राजनितिक दललाई घाटा हुन्छ उनले प्रश्न गर्दै राजीनतिक दलका नेताहरुले स्वार्थ नराखेर विकासको काम अगाडी बढाउनु पर्ने बताएका थिए । देश विकासका लागी छुट्याईएको रकम २० प्रतिशत पनि खर्च नभई ढुकुटी मै जम्मा भईदिदाँ बैकहरुमा तरलता उत्पन्न भएको छ । बैकहरुको तरलताले जनताहरु १५ प्रतिशत सम्मको चर्को ब्याज तिर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । संविधान कार्यन्वयनका लागि असहमतिका पाटाहरु सहमतिमा ल्याएर देश विकासमा जोड दिनुपर्ने पुर्व अध्यक्ष लामिछानेले बताए । 
युवा नेता ओम प्रकास सर्राफले विकासका लागि दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताएका थिए । सामाजिक अभियन्ता प्रकाश प्रसाद थारुले अबको चुनावमा विकासप्रेमी नेतृत्व चुन्न सक्नुपर्ने बताए । विद्यार्थी नेता दिलिपराज कार्कीले हरेक पुस्ताले दबाव दिएर निकास र विकासका लागि नेतृत्वलाई झकझक्याउनु आजको आवश्यकता रहेको बताएका थिए । 
अभियानका संयोजक शिवनाथ यादवले संविधान सभाको निर्वाचन, संविधान सभाबाट संविधान निर्माणका लागि युवा अभियानले खबरदारी गर्दै आएको स्मरण गराउँदै अब राजनीतिक निकासका लागि युवा खबरदारी आवश्यक देखिएकोले दवाव अभियान शुरु गरिएको बताए  । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति फुलमहम्मद मियाँ, अधिवक्ता कमलमोहन पोखरेल, जवाफदेहिताका लागि हाम्रो अभियानका कबिता खड्का, माधुरी महतो, ईश्वरी श्रेष्ठ, साविर अहमद ऐराज लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अभियानका सुरेश बिडारीले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.