logo

राजनीतिक निकास र विकासका लागि दबाव कार्यक्रम 

      2/24/2017 गते 00 00 मा प्रकाशित     1675   पटक पढिएको

बीरगंज १४ फाल्गुन
राजनीतिक निकास र विकासका लागि वीरगञ्जको घण्टाघरमा शनिवार सचेत युवाहरुले एक घण्टा दवावमुलक कार्यक्रम समपन्न गरेका छन् । 
जवाफदेहिताका लागि हाम्रो अभियानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले निकासका लागि संवाद गर्न र विकासका लागि दलहरु एक भई निकास दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले संवाद मार्फत सहमतिको बाटो खोजेर दलहरु सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए ।  
कार्यक्रममा बोल्दै ईन्सेक पर्सा प्रतिनिधि एवंम् नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष केसी लामिछानेले नागरिकको सेवा सुविधाका लागि राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताएका थिए । देश विकासका काममा राजनीतिक विमति हुन नहुने उनको भनाई थियो । जिल्ला जिल्ला वा गाउँ गाउँको विकासले कुन राजनितिक दललाई घाटा हुन्छ उनले प्रश्न गर्दै राजीनतिक दलका नेताहरुले स्वार्थ नराखेर विकासको काम अगाडी बढाउनु पर्ने बताएका थिए । देश विकासका लागी छुट्याईएको रकम २० प्रतिशत पनि खर्च नभई ढुकुटी मै जम्मा भईदिदाँ बैकहरुमा तरलता उत्पन्न भएको छ । बैकहरुको तरलताले जनताहरु १५ प्रतिशत सम्मको चर्को ब्याज तिर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । संविधान कार्यन्वयनका लागि असहमतिका पाटाहरु सहमतिमा ल्याएर देश विकासमा जोड दिनुपर्ने पुर्व अध्यक्ष लामिछानेले बताए । 
युवा नेता ओम प्रकास सर्राफले विकासका लागि दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताएका थिए । सामाजिक अभियन्ता प्रकाश प्रसाद थारुले अबको चुनावमा विकासप्रेमी नेतृत्व चुन्न सक्नुपर्ने बताए । विद्यार्थी नेता दिलिपराज कार्कीले हरेक पुस्ताले दबाव दिएर निकास र विकासका लागि नेतृत्वलाई झकझक्याउनु आजको आवश्यकता रहेको बताएका थिए । 
अभियानका संयोजक शिवनाथ यादवले संविधान सभाको निर्वाचन, संविधान सभाबाट संविधान निर्माणका लागि युवा अभियानले खबरदारी गर्दै आएको स्मरण गराउँदै अब राजनीतिक निकासका लागि युवा खबरदारी आवश्यक देखिएकोले दवाव अभियान शुरु गरिएको बताए  । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति फुलमहम्मद मियाँ, अधिवक्ता कमलमोहन पोखरेल, जवाफदेहिताका लागि हाम्रो अभियानका कबिता खड्का, माधुरी महतो, ईश्वरी श्रेष्ठ, साविर अहमद ऐराज लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अभियानका सुरेश बिडारीले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.