logo

रेडियोको आयोजनामा रक्तदान

      2/18/2017 गते 00 00 मा प्रकाशित     1640   पटक पढिएको

वीरगञ्ज, ७ फागुन ।  बीरगंजबाट प्रशारण हुदै आएको इन्द्रेणी एफएम ९७.६ मेगाहर्जको १० औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ४५ जनाले रक्तदान गरेको रेडियोका अध्यक्ष बिनोद रौनीयारले बताए । रक्तदान कार्यक्रमको प्राध्यापक एवम् चर्चित रेडियो श्रोता कुरबान हवारीले शुभारम्भ गरेका थिए । कार्यक्रममा  अंशु कार्की, शिवम साह,  स्मिता सिलवाल,  सगुन परियार, रिता पंडीत शितल थापा,शिल्पी दास महेश अर्याल श्रीराम दास,रोहीत मण्डल,जलील हवारी,सन्तोष कुमार साह,रामाशिष मण्डल ,अमोद यादव,राजेश कुमार मुखिया,बिकास खवास थारु,निरन्जन कुमार पटेल ,सतेन्द्र यादव बृजलाल पासवान,दीपक कुमार साह बाबुचन प्रसाद साह नरेन्द्र अग्रवाल,पंकज रौनीयार,इम्तियाज अन्सारी,रोशन कुमार महतो,मनोहर चौधरी,लालदेव सहनी लगायतले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुलाई प्रमाण पत्र र रक्सौलको एम बजारद्धारा प्रायोजित टिसर्ट प्रदान गरिएको थियो । इन्द्रेणी एफ एमका अध्यक्ष बिनोद रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक रबिन्द्र ठाकुर, नेपाल प्रहरीका डिएसपि चक्रराज जोशी,नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी, प्राध्यापक डा दिपक शाक्य, मानव अधिकार संजाल पर्साका अध्यक्ष तवरेज अहमद,वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई,लगायत नेपाल भारत मैत्री रेडियो श्रोता संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.