logo

संयुक्त प्रगतिशिल व्यवसायिक पत्रकार समूहको उम्मेदवारी घोषणा 

      2/25/2017 गते 00 00 मा प्रकाशित     1407   पटक पढिएको

बीरगन्ज, १४ फागुन ।
नेपाल पत्रकार महासंघ पर्साको शाखाको आगामी फागुन १७ गते हुने जिल्ला अधिवेशनका लागि प्रेस चौतारी नेपालको नेतृत्वमा रहेको संयुक्त प्रगतिशिल व्यवसायिक पत्रकार समूहले उम्मेदवारी घोषणा गरेको छ । रेडियो वीरगंज परिसरमा शनिवार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षमा श्याम बन्जारा ,उपाध्यक्षमा अनुप तिवारी ,समावेशी उपाध्यक्षमा मायामितू न्यौपाने , सचिवमा युवराज खड्का, सहसचिवमा खुल्ला तर्फ दिपक गौतम, र समावेशी तर्फ आर.के.पटेल र कोषाध्यक्षमा भुषण यादव उम्मेदवार हुने घोषणा भएको हो । चौतारी, प्रेस सेन्टर, पे्रस सोसाईटी सहितको संयुक्त प्रगतिशिल व्यवसायिक पत्रकारहरुको समूहको उम्मेदवारी पत्रकार महासंघका पूर्व मध्यमाञ्चल संयोजक एवं पे्रस चौतारीका पूर्व केन्द्रिय उपाध्यक्ष महेश दासले घोषणा गरेका हुन  । पत्रकार महासंघका उपाध्यक्ष एवं प्रेस चौतारीका सल्लाहकार ध्रुव  साहको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु शेख , पत्रकार महासंघका निर्वतमान अध्यक्ष केसी लामिछाने, प्रेस चौतारीका पूर्व अध्यक्ष राघव साह , वरिष्ठ पत्रकार सुदर्शन पाण्डे, प्रेस सोसाईटीको तर्फबाट छठु साह र प्रेस सेन्टरको तर्फबाट कृष्ण उदास खनालले मन्तव्य व्यक्त गर्दै व्यवसायिक पत्रकारहरुको मोर्चालाई जिताउन आग्रह गरे । यसैबीच घोषण सभामा भोजपुरी गायक सुनिल पंडितद्धारा गाइएका गितहरुको गिति एल्बम लालबतिको महासंघका अध्यक्ष श्यम बन्जारा र उपाध्याक्ष धु्रव साहले संयुक्त रुपमा विमोचन गर्नुभयो । कार्यक्रमको संचालन प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज बृजलाल पासवानले गरेका थिए  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.