logo

इतिहासदेखि नै मधेसी जनता राष्ट्रिय स्वाभिमानको पक्षमा ःअध्यक्ष ओली

      3/26/2017 गते 00 00 मा प्रकाशित     1463   पटक पढिएको

काठमाडौं १३ चैत ।
नेकपा एमालेका अध्यक्ष के.पी.ओलीले मधेसमा एमालेलाई कमजोर बनाउन सबैखाले शक्तिहरु एकजुट भए पनि आगामी चुनावमा जित्ने गरी लाग्न नयाँ केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन ।
नेकपा एमालेका २० जना मधेसी तथा थारु केन्द्रीय सदस्यहरुले आइतबार पार्टी कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथग्रहण गराउदै यस्तो निर्देशन दिएका हुन् ।
उनले मधेसी जनता राष्ट्रिय स्वाभिमानको पक्षमा इतिहासदेखि नै निरन्तर रहेकाले एमाले मधेसको पहिलो शक्ति हुने बताए । उनले मधेसमा पार्टी संगठन सुदृढ गर्दै आउने चुनाव जित्ने गरी आ आफ्नो कार्यक्षेत्रमा लाग्न नयाँ केन्द्रीय सदस्यहरुलाई आग्रह गरे ।उनले एमाले विरुद्धका सबै षड्यन्त्रहरु चिर्न निर्देशन दिए ।

सपथग्रहण गर्नेमा सिराहाका धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, पर्साका रामचन्द्र साह तेली, महोत्तरीका रामदयाल मण्डल छन् ।

त्यस्तै धनुषाका रत्नेश्वर गोइत, सर्लाहीका रविन्द्र बैठा, धनुषाकै यदुवंश झा, हरिनारायण महतोले पनि सपथग्रहण गरेका छन् ।
रघुवीर महासेठ र लालबाबु यादवले यसअघि नै दमकमा सपथग्रहण गरेका थिए । वैकल्पिक केन्द्रीय सदस्यहरु कैलालीका नारदमुनी राना, धनुषाकी जुली महतो, उदयपुरकी मन्जु चौधरी, दाङकी शान्ता चौधरी, झापाका हरि राजवंशी, रौतहटकी सरला यादव, धनुषाका सुधीर साह, महोत्तरकिा सरोज यादवव र बाँकेका मोहम्मद हारुनले पनि सपथग्रहण गरेका छन् । गत फागुन २० मा झापाको बिर्तामोडमा बसेको एमाले स्थायी कमिटी बैठकले मधेसी र थारु नेताहरुलाई सामुहिक रुपमा केन्द्रीय कमिटीमा मनोनित गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.