logo

काठ महासंघको कार्यालयमै छ ः अध्यक्ष उपाध्याय

      3/21/2017 गते 00 00 मा प्रकाशित     1349   पटक पढिएको

कलैया,८ चैत । 
नेपाल पत्रकार महासंघ बारा शाखाको हवला दिएर केही राष्ट्रिय तथा स्थानीय संचारमाध्याममा काठ तस्करी गर्न खोजिएको भन्ने भ्रामक समाचार प्रकाशित भएकोमा नेपाल पत्रकार महासंघ बारा शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
    मंगलबार नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्यायले एक प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघ सबै पत्रकारहरुको आस्थाको संगठन भएपनि संगठनकै अस्तित्व सिध्याउने गरी संस्थाकै साधारण सदस्यहरुबाट समाचार लेख्ने र समाचार प्रकाशित गर्ने कार्य गरिदा पत्रकार महासंघ र बाराका पत्रकारहरुको ब्यवसायिक मर्यादामाथ ठूलो धावा बोल्ने कार्य भएको उल्लेख गरेका छन । बिभिन्न आरोह अवरोहहरु झेल्दै यही चैत १९ गते पत्रकार महासंघ बारा शाखाको छैठौं जिल्ला अधिवेशन गर्ने तयारीमा जुटिरहेको पूर्व संध्यामा निर्वाचनलाई समेत असर गर्ने गरी राजनीतिक प्रतिशोधको भावले यस्तो कार्य गर्न र गराउन लगाइएको हो अध्यक्ष उपाध्यायद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ  । पत्रकार महासंघलाई जवरजस्ती कथित काठ तस्करीको बिल्ला भिराएर हामीले कस्तो खालको समाजको कल्पना गर्दैछौं भन्ने चिन्ता समेत बिज्ञप्ति मार्फत गरिएको छ ।   
    निर्वाचनमा पराजय हुने कुण्ठाका आधारमा निर्माणधिन भवनको आवश्यक फर्निचरका लागि ल्याउदै गरिएको काठलाई अनावश्यक कारण देखाइ पत्रकार महासंघको नाउ जोडेर काठको तस्करी गर्न खोजियो भन्नु बाराका सबै ब्यवसायिक र श्रमजीवी पत्रकारहरुको ब्यवसायिक मर्यादामाथि कुठाराघात गर्न खोजिको उपाध्यायले जारी गरेको बिज्ञप्तीमा भनिएको छ । नेपाल पत्रकार महासंघ बारा शाखाको २०७२ साल कात्तिक १६ गते बसेको कार्य समितिको बैठकले फर्निचर निर्माणका जिल्ला बन पैदवार आपूर्ति समितिसंग काठ माग गरेको कुरा निर्णय पुस्तिकामा सुरक्षित छ । बैठकमा उपाध्यक्ष राकेश पाण्डेय र सचिव जयनारायण यादव पनि उपस्थिति रहेको हुंदा उहाहरुले महासंघको निर्णय बिपरित बोल्नु ठिक नभएको बिज्ञप्तीमा उल्लेख छ । जिल्ला आपूर्ति समितिले नै निर्णय गराएर महासंघलाई काठ उपलब्ध गराइदिनु भनेको र सातदिनभित्र काठ नउठाए काठ जफत हुने जिल्ला वन कार्यालयले पटक पटक भनेपछि महासंघ काठ उठाउन अहिले बाध्य भएको कुरा सबैमा स्पष्ट पार्न चाहन्छु उपाध्यायद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । महासंघलाई उपलब्ध गराएको काठ पत्रकार महासंघको कलैया स्थित भवनमा सुरक्षित रहेको कुरा भन्दै उनले बिज्ञप्ती मार्फत  फेरिपनि पत्रकार महासंघ बाराको अध्यक्षको नाताले जिल्लाका सबै पत्रकारहरुलाई संयमित भइ मुल्यनिष्ठ पत्रकारितामा जोड दिन आग्रह गर्दै पत्रकारिताको नाउमा आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने कार्यमा संलग्न नहुन पनि सबैलाई अपिल गरेका छन ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.