logo

धोवीनीमा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न 

      3/23/2017 गते 00 00 मा प्रकाशित     1391   पटक पढिएको

 

बीरगंज १० चैत ।नेकपा एमालेको धोवीनीमा आज भेला सम्पन्न भएको छ । पर्सा क्षेत्र नं ५ का सभासद जय प्रकाश गुप्ताको अध्यक्षतामा भएको भेलामा पार्टीका पोलिट ब्यूरो सदस्य नागेन्द्र चौधरीले नेपालका उत्पीडित जनताको हितमा एमाले दशकौ देखी लडदै आएको बताए । उनले नेकपा एमाले सिगो मुलुकमा रहेका जनताको हितका निम्ति लडने पार्टी भएको बताउदै मधेशका गरिब निमुखा उत्पीडित जनताको वास्तविक मित्र एमाले नै भएको बताए ।

उनले एमालेलाई मधेशबिरोधी देखाएर कांग्रेस पानी माथिको ओभानो बन्ने प्रयासमा रहेको बताए । मधेशी जनताको हितका निम्ति इतिहासमै पहिलो पटक केपी ओली सरकारले बजेट बिनियोजन गरेको चर्चा गर्दै नेता चौधरीले जनताको सम्बृद्धि र सम्पन्न देश एमालेको सपना भएको बताए । कार्यक्रमका अर्का वक्ता नेकपा एमाले पर्साका सह इन्चार्ज प्रहलाद गिरीले श्रमजीवी जनताको न्यायपूर्ण आन्दोलनको अगुवाई गरेको एमाले मधेशी जनताको बिरोध नभएको बताए ।

उनले नेकपा एमाले शोषक जाली र जमिन्दारको पक्षमा नरहेको कुरा प्रति आम मधेशी जनतालाई प्रष्ट हुन आग्रह गरे । कार्यक्रममा एमालेका नेताहरु दिनेश राई पर्साका संयोजक चीरन्जीवी आचार्य डा.बिश्वम्भर शर्मा पर्सा क्षेत्र  नं ३ का सभासद राजकुमार गुप्ता प्रभू हजार,हरिन्द्र हजार घनश्याम महत मनोज चौधरी प्रदुम्न चौहान ध्रुब कुशवाहा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बुजलाल पासवान पर्सा अध्यक्ष अनुप तिवारी लगायतको सहभागिता रहेको युवा नेता अरुण यादवले बताए ।

कार्यक्रममा धोवीनी गाविसका पूर्व अध्यक्ष इस्लाम मियाको नेतृत्वमा २९ जना एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई पार्टीका नेता नागेन्द्र चौधरीले टिका लगाई पार्टीेमा प्रवेश गराएका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.