logo

नेशनल मेडिकल कलेजमा ५ केजी ट्यूमारको सफल शल्यक्रिया

      3/30/2017 गते 00 00 मा प्रकाशित     1312   पटक पढिएको

वीरगंज १७ चैत । वीरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. जगत प्रसाद दिपले अस्पतालमै एक बिरामीको ज्गनभ यखबचष्बल तगmयच को सफल अप्रेशन गरेका छन ।
बारा जिल्ला फेटा फुलवरिया . ८ घर भएकी १४ वर्षिय कविता साहको पेटमा करिब पाँच महिना देखि टयुमर पलाएको थियो । पाँच महिना देखी उपचारकालागि बिभिन्न अस्पताल चाहारे पनि अहिले मात्र सफल उपचार भएको भन्दै कविताका परिवारजनाले खुशी ब्यक्त गरे ।कविताका परिवारजनले छोरी रोगी हुनुको पीडा मात्र खेपेको थिएन समाज भित्रका केही मान्छेले दिएको मानसिक पीडामा पनि सहेको थियो ।
कविताको हर्लक्क पेट बढेको देखेर छरछिमेकमा पनि नाजायज गर्भ बोकेको भनेर कुरा काट्ने गर्थे । छोरीको सफल अप्रेशन पछि छरछिमेकमा त्यस्तो चर्चा गर्नेहरुकालागि पनि जवाफ मिलेको भन्दै उनका बुवाले चिक्त्सिको टोलीलाई आभार प्रकट गरे । उनले आफू धेरै खुशी भएको बताए ।
रोगी साहको पेटमा रहेको १५–१७ एमएम र ५–६ केजी साइजको टयुमर अस्पतालका बरिष्ठ स्त्री प्रसुती तथा क्यान्सर रोग विशेषज्ञ डा. जगत प्रसाद दिपको टोलीले १ घण्टा १५ मिनेट लगाएर सफल अप्रेशन गरेको हो । टोलीमा डा. रस्मी भीर पटेल, डा. रमोना साह, डा. स्वेता सिंह र डा. कविता साह रहेका थिए ।
अस्पतालका बरिष्ठ स्त्री प्रसुती तथा क्यान्सर रोग विशेषज्ञ डा. जगत प्रसाद दिपले क्यान्सर उपचार कोरियाबाट गरेको र हाल सम्म १० वटा यस्तो अप्रेसन सफलता पूर्वक गरिसकेको आफ्नो अनुभव सुनाए  । हाल बिरामीको अवस्था सामान्य रहेको डा. दिपले जानकारी दिए  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.