logo

विकासको बाधक रौनियार फोरममा !

      3/19/2017 गते 00 00 मा प्रकाशित     1871   पटक पढिएको

तिवारी यादव
वीरगञ्ज, ६ चैत ।

                            विकासका विघन बाधकको रुपमा गतिविधि गरे पछि राज्य तथा समाजले कालो सूचीमा राखेका पप्पु कन्ट्रक्सनका संस्थापक सञ्चालक हरिनायाण रौनियार मधेसका क्रान्तिकारी लोकप्रिय पार्टी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरे पछि स्थानीय चिन्तित भएका छन् । शक्ति र सत्ताको नजिक रहेर जनताको भौत्तिक पूर्वाधार विकासको बजेट हिनामिना गरेर अकुत सम्पति थुप्रारेका रौनियार मधेसमा फोरम नेपालतर्फ जनताको झुकाव हेरेर आइतबार पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा रौनियारले थुप्रै आश्वासन सहितका क्रान्तिकारी भाषण गरे पनि कसैले ताली पड्काएनन् ।
                           एउटा मुक्तिकामी पार्टीमा रौनियार जस्ता व्यक्तिले प्रवेश गरे पछि पार्टीको छवि उनको कारणले धुमिल हुने चिन्ताले आम मधेस मात्र होईन, उनको पैतृक गाउँ पोखरिया सतवरियाका वासिन्दालाई समेत सताइरहेको छ ।
    पञ्चायतकालमा पञ्च, २०४६ सालको परिवर्तन पछि सत्तारुढ नेपाली काँग्रेसको मान्छे हुँ भन्दै ठेक्का पट्टाको माध्यमले विकास निर्माणको आयोजनालाई तहश नहश र लथालिङ्ग पार्दै आएका थिए रौनियारले । पञ्चायतकालमा बुवा रामअयोध्या प्रसाद रौनियार पञ्च भएको छविको धाक देखाउँदै हरिनारायणले ठेक्का पट्टाको बहानामा करौडो रुपैयाँ कुम्ल्याएका थिए ।
                            नेपाली काँग्रेसको धाक देखाएर उनले पर्सा जिल्लामा निर्माण गरेका पुल, सडक, नाला, भवन लगायतका कार्यहरु कुनैपनि विधिवत सम्पन्न भएको छैन । २०६३ सालमा प्रत्येक गाउँ–गाउँबाट रकम जम्मा गरी वीरगञ्जबाट पोखरिया जोड्ने सडक ठेक्का भएपनि रौनियारकै कारणले पोखरियासम्म अझै कालो पत्रे सडक पुग्न सकेन ।
    वीरगञ्जको बसपार्क, तिलावे पुल, डम्पिङ्ग साईडको ठेक्का सकार गरी पेश्की रकम समेत झिकेर सो निर्माण योजनाहरु उनले अलपत्र पारेका छन् । जिल्ला अस्पताल पोखरियाको भवनको छत निर्माणाधिन अवस्था मै चुहिन थाले पनि नेपाली काँग्रेसको नेताहरुले रिझाएर नेपाल सरकारलाई सो भवन हस्तान्तरण गरी रकम झ्वाम्म पार्न उनी सफल भएका थिए । ठेक्का सकार गर्ने पेश्की रकम झिकेर व्याँजमा चलाउने र केहि स्थानीयलाई उचालेर सो आयोजनालाई अवरोध गर्ने खालका उजुरी दिलाउने र सो बहानामा काम नगर्ने उनको बानीबाट सबै परिचित छन् ।
                        पश्चिम नेपालमा ठूला निर्माण कार्यको ठेक्का लिएर अलपत्र पारेका कारण र केहि योजनामा गुणस्तरहिन काम गरेका कारण पश्चिम नेपालको वासिन्दामा रौनियारको कारण पर्सा जिल्लाको छवि नै विग्रेको जानकारहरु बताउँछन् । उनको पैतृक गाउँका थुप्रै मानिसहरु पत्रकारहरु मार्फत रौनियारसँग फोरम नेपाल सजग रहनु पर्ने सुझाव दिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.