logo

स्थानीय तह बिभेदलाई संस्थागत गर्ने आधारःअध्यक्ष यादव

      3/19/2017 गते 00 00 मा प्रकाशित     1461   पटक पढिएको

पोखरिया ६ चैत । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको बिभाजन, बिभेदलाई संस्थागत गर्ने प्रमुख आधार भएको बताएका छन । फोरम पर्साले पोखरिया नगरपालिकाआ आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बिभेदलाई संस्थागत गर्ने स्थानीय तहको निर्वाचन गराउन कर्मचारीहरुलाई नआउन भनेका छन । उनले पहाडमा दश हजारमा प्रतिनिधि छानिने र मधेशमा त्यही प्रतिनिधि छान्न पचास हजार जनसंख्या चाहिने नीति नै गलत रहेको बताए । उनले यही अवस्थामा मधेशमा चुनाव नहुने ठोकुवा गरे । 

उनले मधेसी, जनजाति, आदिवासी, मुस्लिम र थारुलाई पछाडि पार्नकालागि राखिएका समबैधानिक प्रावधानहरु संशोधन गर्नुको बिकल्प नरहेको बताए । उनले स्थानीय तहको निर्वाचन केन्द् सरकारले गराएर संघीयतालाई असफल पार्न खोजिएको धारणा ब्यक्त गरे । 
उनले कार्यकर्तालाई आन्दोलनको आँधीबेहरी सृजना गर्न तम्तयार हुन समेत अपिल गरे । चुनवाको चक्करमा नलाग्नुहोला उनले भने आन्दोलनले मात्र अधिकार स्थापीत हुनेवाला छ । उनले शान्तिपूर्ण आन्दोलनमा चर्को दमन हुदै आएको चर्चा गर्दै हतियार बोक्ने अवस्था नल्याउन सत्ताधारीहरुलाई सुझाएका थिए । कार्यक्रममा पप्पु कन्ट्रक्सनका संचालक हरिनारायण रौनियार र चर्चित उद्योगपति विजय सरावगी, जगदम्बा इन्टरप्राइजेजका निर्देशक एवम लायन्स क्लब अफ इन्टरनेशनलका सस्थापक प्रबन्ध निर्देशक रमेश अग्रवाल, मा दुर्गा फुड्स प्रालिका संचालक युवा व्यवसायी अंकित अग्रवाल,राजेश हार्डवेयरका संचालक कर्ण अग्रवाल,जगदम्बा ट्रेडिगंका संचालक एवम युवा उधोगी प्रतिक अग्रवाल र कलश सिमेन्ट उधोगका संचालक एमव युवा उधोगी  अंसुमन  अग्रवाल 

तराई मधेश राष्ट्रीय अभियानका नेता सिपु तिवारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता अशेश्वर यादव  नेपाली कांग्रेसका नेता प्रमोद साह, हिन्दुवादी नेता ज्योति लाल कलवार, नेपाली कांग्रेसका नेता जोगिन्दर साह नेकपा एमालेका नन्दु बैठा र हिमाचल कुशवाह पनि आज फोरम नेपालमा प्रवेश गरेका छन । नवप्रवेशी उद्योगपति, व्यापारी, नेता र आमजनतालाई संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अबीरले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टीका राष्ट्रीय उपाध्यक्ष लालबाबु राउत गद्धी, पूर्व राज्यमंत्री करिमा बेगम केनद्रीय सदस्य बीरेन्द्र यादव जिल्ला अध्यक्ष प्रदीप यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.