logo

आनोद हत्या काण्ड दबाउन नेपाल प्रहरी अग्रसर

मुद्दाबाट जोगिन हत्याराहरु काँग्रेसमा प्रवेश, बीस लाखको चलखेल

      4/7/2017 गते 00 00 मा प्रकाशित     1608   पटक पढिएको

 

वीरगञ्ज, २५ चैत । पर्साको विश्रामपुर निवासी आनोद साह कलवारको अपहरण, शरीर बन्धक तथा हत्याका मामिला दबाउन नेपाल प्रहरी अग्रसर रहेको तथ्य प्रहरीकै गतिविधीले देखाएको छ । घटनाको शुक्रबार १७ औं दिनसम्म जिल्ला प्रहरी कार्यालय पर्साले जाहेरी निवदेन दर्ता गर्न मानेको छैन । पिडित परिवारसँग घटनाको बारेमा विस्तृत जानकारी १४ औं दिन पछि मात्र अधिकारकर्मीहरुको दवाबका कारण प्रहरीले लिएको छ । घटनाको विरोधमा वितेको चैत १७ गते विश्रामपुरका सयौंको संख्यामा रहेको स्थानीयले प्रहरी उपरीक्षक गोविन्द साहलाई भेटी दोषी उपर कारवाहीको माग गरेका थिए । प्रहरीले कारवाहीमा पछि नहट्ने प्रतिबद्धता जनाएपनि कामकारवाहीको शैलीमा परिवर्तन देखाएन ।

 

प्रहरी फसेपछि उसले व्यवसायीक प्रतिबद्धता विपरित हर्कत गर्न थालेको असन्तुष्ट प्रहरी अधिकृतहरुकै भनाई छ । आनोद साह कलवार चैत ८ गते बजार जान्छु भनेर हिँडेको र घर नफर्के पछि परिवारजनले उनको खोजी कार्य जारी गरेको थियो । भोली पल्ट विश्रामपुर र पिपराको बीचमा कल्र्भट नजिक झोलामा तरकारी बोकेको अवस्थामा उनले प्रयोग गर्ने साईकल फेला परे पछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको खोजीमा ध्यान दिएन । प्रहरी लापरवाहीको परिणाम स्वरुप चैत १५ गते अनुहार चिन्न नसक्ने गरी गहुँबारीमा फालिएको अवस्थामा साहको लास फेला परेको थियो । शवको मुचुल्का गर्ने प्रहरीका अनुसार दुईवटै आँखामा किल्ला गाडेको, जिब्रो, कान, नाक, हातखुट्टाको औला काटेको अवस्थामा उनको शव फेला परेकोले यातना दिएर हत्या गरिएको देखिन्छ । उनको नजिकैको घरमा हत्या गरेर लाश गन्हाउन थालेपछि गहुँवारीमा फालिएको आशंका गरिएको छ । घटनाको प्रकृति हेर्दा घटनास्थल पनि नजिकै हुनुपर्छ, हामी त्यसको खोजीमा जुटेका छौं मुचुल्का गर्न विश्रामपुर पुगेका प्रहरीले भनेको कुरा स्थानीयले बताएका छन् ।

 

काँग्रेसको नेताहरुको घरमा आश्रय लिएर बसिरहेका छन् । मुद्दामा काँग्रेसका नेताहरु सहयोगमा लागे पछि हत्याराका परिवारजन बिहीबार नेपाली काँँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई अविरको टिका लगाएर रातारात संगठनको जिम्मेवारी दिएर जोगाउने एक चरणको प्रचञ्च सम्पन्न भएको छ । त्यस्तै घटनाको भोली पल्टै पिडित परिवारलाई एक विगाहा जग्गा र दश लाख रुपैयाँ दिएर मुद्दा सल्टाउने प्रयास भएको थियो । तर पिडित परिवार कानूनी कारवाहीको अडानमा अडिग भए पछि सो रकम प्रहरीलाई नै दिएर मामिला मिलाउने अभियानमा केहि व्यक्तिहरु लागे पछि प्रहरी सो मुद्दाको अनुसन्धानमा व्यवसायीक प्रतिबद्धता विरितको गतिविधि सुरु गरेको देखिन्छ ।

 

घटना सम्बन्धमा पर्साका प्रहरी प्रवक्ता चक्रराज जोशीले भने स् सोमबारसम्म मुद्दा दर्ता हुने सम्भावना रहेको छ । यो मुद्दालाई एसपी साहेबले आफै हेरेका कारण धेरै कुरा आफूलाई जानकारी नभएको बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.