logo

३० किलो गाँजा चोरेको आरोपमा हत्या

      4/19/2017 गते 00 00 मा प्रकाशित     1496   पटक पढिएको

 

वीरगन्ज-अपहरण परेको छैठौँ दिन शव फेला परेको अनोद साह कलवारको हत्याको कारण ३० किलो गाँजा रहेको खुलासा भएको छ । पर्साको बहुदरमाई गाउँपालिका– १ विश्रामपुर निवासी ३८ वर्षीय कलवारको गत चैत १४ गते गाउँकै गहुँ खेतबाट विभत्स अवस्थामा शव बरामद भएको थियो । चैत ८ गते गाउँको नजिकैको केहुनिया बजारबाट तरकारी किनेर साइकलमा घर फर्किने क्रममा उनको अपहरण भएको थियो ।

प्रहरीले भारतसँग सीमा जोडिएको पर्साको सीमावर्ती धोरेबाट शनिबार विगा राउत कुर्मीलाई नियन्त्रणमा लिएपछि अनोद हत्याको रहस्य खुलेको हो । हत्या अनुसन्धान गर्ने क्रममा पक्राउ परेका कुर्मीले कलावरको हत्याको कारण गत पुसमा चोरी भएको ३० किलो गाँजा रहेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरी नायव उपरिक्षक चक्रराज जोशीका अनुसार अनोद कलवारको हत्यामा संलग्न रहेका मूख्य अभियुक्त प्रहरी नियन्त्रणमा आएको छ । अन्य ४ जनाको खोजबिन भइरहेको छ । प्रहरीका अनुसार एकै गाउँ निवासी दुबै गाँजाका कारोबारी हुन् । ३ महिना अगाडि चोरी भएको गाँजाको आरोप मृतक कलवार र गाउँकै त्रिभुवन साहमाथि लागेको थियो । ‘त्रिभुवनसँग गाँजा चोरीको विषयमा मिलापत्र भइसकेको थियो,’ विगाको भनाई उद्धृत गर्दै जोशीले भने, ‘अनोदले मिलापत्र गर्छु भनेर पनि नमानेकाले योजनावद्ध तरिकाले हत्या गरिएको हो ।’ हत्या गर्नुभन्दा एक महिना अगाडिपनि अनोदलाई विगाको समूहले अपहरण गरी भारत लगेको थियो । ‘त्यहाँ मिलापत्र गर्छु भनेर सहमति गरेका अनोदले नेपाल फर्किएर अटेर गरेकाले पुनः अपहरण गरी हत्या गरेका रहेछन्,’ प्रहरी प्रवक्ता समेत रहेको डीएसपी जोशीले भने । दोस्रो पटक अपहरणमा परेको राति करिब ८ बजे अनोदको दाई बान्कासँग फोनमा कुरा भएको थिए ।

‘भाई अपहरणमा परेको जानकारी समयमै प्रहरीलाई दिँदा पनि दुखद घटना वेहोर्नु परेको छ,’ बान्का भन्छन्, ‘कसरी सुरक्ष्ँित महशुस गर्नु ?।’ आनोदले दाइलाई मात्र हैन्, गाउँ नजिकै रहेको बहुअर्वा स्थित सशस्त्र प्रहरी पोस्टका इन्चार्जलाई समेत आफू अपहरणमा परेको फोन गरेर जानकारी दिएका थिए । पोस्ट इन्चार्जलाई प्रहरीलाई एकदिन कार्यालयमा बोलाएर सामान्य सोधपुछ गरी छाडेको थियो ।
 

मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको अनुसन्धान टोलीले विगालाई सीमावर्ती क्षेँत्रबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार जिल्लाको अनुसन्धान टोलीले हत्याको कारण पत्ता लगाउन नसकेपछि क्षेत्रीय कार्यालयले टोली परिचालन गरेको थियो । हत्या अनुसन्धानमा प्रहरीले ढिलाई गरेको भन्दै गत साता गाउँले जिल्ला प्रहरी कार्यालयमा दबाब सृजना गर्न आएका थिए ।

प्रहरी हिरासतमा रहेका विगाले अनोदलाई अपहरण पछि गाउँको एक गोठमा हात÷मुख बाँधेर २ दिनसम्म राखेको जनाएका छन् । ‘अपहरण गरेको तेस्रो दिन घाटी बटारेर मा¥यौँ,’ उनको भनाई उद्धृत गर्दै एक प्रहरी अधृकतले भने, ‘मारेर अर्को दुई दिन पनि त्यही राखेर पाँचौँ दिन राति गहँबारीमा फाले ।’ चैत १४ गते विहान गहुँ खेत नजिकै रहेको श्री भंगी साह उच्च माविमा अध्ययनरत विद्यार्थीले शव देखेर हल्ला गरेका थिए । ‘हात र खुट्टाका औंला छिनाएको, शरिरको विभन्न ठाउँमा मासु काटिएको विभत्स अवस्थामा शव बरामद भएको थियो,’ अर्का डिएसपी यज्ञ भट्टराईले भने, ‘मार्नु अघि यातना दिएका थिए ।’ हत्यापछि विगा लगायतको उनको समूह सीमावर्ती भारतीय गाउँमा लुकेर बसेका थिए ।
साभार ः ईकान्तिपुर

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.