logo

डेढ दशक पछि वीरगञ्जमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने

      4/14/2017 गते 00 00 मा प्रकाशित     1944   पटक पढिएको

 

वीरगञ्ज, १ वैशाख | विशाल मेमोरियल फाउण्डेशनले वीरगञ्जमा यही बैशाख ९ गते देखि प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्ट आयोजना गर्न लागेको छ । शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गरेर विशाल मेमोरियल फाउण्डेशनले प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

 

वीरगञ्जमा झण्डै डेढ दशक पछि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । बैशाख १६ गते सम्म चल्ने प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब र भारतका गरी कुल आठ टिमको सहभागीता रहनेछ । नेपालका ए डिभिजनका क्लबहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, वीरगञ्ज युनाइटेड क्लब, जनजागृति युवा क्लब सिमरा, भारतको राजमील पटना सहित आठ टिमले भाग लिने विशाल मेमोरियल फाउण्डेशनका अध्यक्ष रुपक पाण्डेले जानकारी दिए । प्रतियोगिता वीरगञ्जको नारायणी रंगशालामा सञ्चालन हुने पाण्डेले जनाए ।

 

प्रतियोगिताको विजेता टिमलाइ नगद पाँच लाख र ट्रफी तथा उपविजेता टिमलाइ दुई लाख ५० हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान सुजीकी मोटरसाइकल प्राप्त गर्ने प्रतियोगिताका संयोजक अनिल कुमार कलवार जानकारी गराए । प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर तथा सह प्रायोजक जगदम्बा सिमेन्ट प्रालि र रेडबुल रहेका छन् । प्रतियोगितामा ५१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक कलवारले जानकारी दिए ।

 

फुटबलको क्षेत्रमा वीरगञ्जको परिचय हराएकाले फेरि वीरगञ्जलाई फुटबलको शहरको रुपमा स्थापित गर्नका लागि नै प्रतियोगिता आयोजना गर्न लागिएको फिफाका पुर्व सहायक रेफ्री गजेन्द्रमान सिंहले पत्रकार सम्मेलनमा जानकारी गराए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष अनुप तिवारी लगायत फुटबल प्रेमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विनोद परियारले गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.