logo

'३५ सय चल्ला तस्करी' प्रकरणको भित्री पाटो !

      4/23/2017 गते 00 00 मा प्रकाशित     1752   पटक पढिएको


वीरगन्ज-जिल्ला प्रहरी कार्यालय पर्साको अपराध शाखा (क्राइम टोली) ले डोकैला बहुअरीमा शुक्रबार राति करिब १२ बजे चल्ला तस्करलाई नियन्त्रणमा लिएर १ लाख रुपैयाँ लिई छाडेको भन्दै वीरगन्जबाट प्रकाशित हुने केही पत्रिकामा आइतबार प्रमुखताका साथ समाचार प्रकाशित भए । समाचारका अनुसार सीमावर्ती जानकीटोला नाकाबाट ठूलो परिणाममा भारतीय चल्ला भित्रिने सूचनाका आधारमा डोकैला बहुअरी चौकमा क्राइम टोली परिचालन भएका थिए ।
 

“मोलमोलाई गरी लाख रुपैयाँमा चल्ला, मोटरसाइकल तस्करलाई राति नै छाडे”
 

क्राइम टोलीका असई प्रदीप जैसवालको कमाण्डमा गएका सादा पोसाकका प्रहरीले डोकैला बहुअरी चौकमा ३ हजार पाँच सय चल्ला बोकेका ७ वटा मोटरसाइकल नियन्त्रणमा लिए । मोलमोलाई गरी १ लाख रुपैयाँमा चल्ला, मोटरसाइकल र तस्करलाई राति नै छाडेर जिल्ला फर्के । तर, सिमाना सम्वाददाताले यस प्रकरणको अनुसन्धान गर्दा रोचक कुरो वाहिर आएको छ ।


चल्ला तस्करलाई समाउन शुक्रबार राति डौकैला बहुअरी पुगेर क्राइम टोली एम्बुस थापेर बसेका थिए । जानकीटोलाबाट भित्रिएको चल्ला सोही ठाउँ भएर उत्तर तर्फ जाने सूचना आएको थियो । एम्बुस थापेको केही बेरमै कारमा वाराका एक जना पत्रकार दुई जना पोसाक लगाएका हतियारधारी प्रहरी लिएर डोकैला बहुअरी चौकमा पुगे । वडा प्रहरी कार्यालय श्रीपुरका एक जना हवल्दार र सिपाहीलाई उक्त कारमा देखेपछि असई जैसवाल उनीहरुलाई त्याहा आउनुको कारण सोधे ।
 

"प्रहरी लगाएर नियन्त्रणमा लिने पैसाको बार्गेनिङ गर्ने उदेश्यका साथ पुगेको पत्रकारले आफू भन्दा पहिले त्यहाँ क्राइम टोली पुगेको पाएपछि निराश हुँदै वीरगन्ज तर्फ फर्के"
 


ती प्रहरीले चल्ला तस्करीको सूचना पाएर आएको प्रतिक्रिया दिए । स्रोतका अनुसार कटवाल थरका हवल्दार र तिवारी थरका सिपाही कारमा पत्रकारसँग राति त्यहा पुगेका थिए । पोसाकमै हतियार बोकेर पत्रकारसँग किन घुमेको भनि प्रस्न गर्दा ती प्रहरीले– ‘सर, गल्ती भयो माफ पाउ भनेका थिए,’ डौकैला चौकका एक पान पसलेले सुनाए । उनीहरुसँगै रहेका पत्रकारले डिआइजीले पठाएको बताउँदै थिए । चल्ला तस्करलाई पोसाकधारी प्रहरी लगाएर नियन्त्रणमा लिने र पैसाको बार्गेनिङ गर्ने उदेश्यका साथ पुगेको पत्रकारले आफू भन्दा पहिले त्यहाँ क्राइम टोली पुगेको पाएपछि निराश हुँदै वीरगन्ज तर्फ फर्केका थिए ।


त्यसको भोलिपल्ट उनले आफ्नो फेसबुकमा प्रहरीले पैसा लिएर चल्ला तस्कर छाडेको भन्ने स्टाटस पोस्ट गरेका थिए । उता राति एक बजेसम्म सूचना अनुसार चल्ला तस्कर नआएपछि एम्बुस थापेर बसेका प्रहरीले डीएसपी चक्रराज जोशीलाई फोन गरी फर्केका थिए । वडा प्रहरी कार्यालय श्रीपुरका इन्सपेक्टर ऋषि ढुंगानालाई आफू मातहातका प्रहरी आफ्नो इलाका भन्दा बाहिर पोसाकमै हतियार बोकेर पत्रकारसँग घुमेको जानकारी नै छैन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.