logo

नागरिकको मत खेर जान नदिन मतदाता शिक्षा अभियान

      4/25/2017 गते 00 00 मा प्रकाशित     1347   पटक पढिएको

बीरगंज १२ बैशाख । जिल्ला मताधिकार मंच पर्साको आयोजनामा मतदाता शिक्षा सम्बन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण मंगलवारबाट बीरगंजमा शुरु भएको छ । प्रशिक्षणमा पर्सा जिल्लामा क्रियाशिल १५ वटा समाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । दुई दिन सम्म चल्ने प्रशिक्षणमा स्थानीय तह,गाउँ नगर तथा जिल्ला सभा,नमुना मतदान,नमुना मतपत्रको प्रर्दशनी ,निर्वाचन सम्बन्धी कानूनी ब्यवस्थाका बिषयमा छलफल हुने मंचाका जिल्ला सदस्य तवरेज अहमदले बताउनु भयो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले मतदाता शिक्षाको एक मात्र उद्धेश्य मतको बदर संख्या घटाउनु रहेको बताउनु भयो । उहाँले समाजिक क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले आफनो सामाजिक दायित्व निर्वाह गर्दै मतदाता शिक्षाको क्षेत्रमा काम गरेकोमा सन्तोष ब्यक्त गर्नु भयो । त्यस्तै आइफेसका राधिका घिमिरेले राष्ट्रीय मताधिकार मंचले नागरिकलाई मतदान गर्ने बिषयमा सचेत पार्ने काममा देखएको प्रतिवद्धता प्रति खुशी ब्यक्त गर्नु भयो । आफूले काम गर्ने क्षेत्रमा रहेका जनताको मत खेर नजाओस भन्नेमा जिल्ला मताधिकार मंचले देखाएको अग्रसरता सहितको पहलकदमी लिएको भन्दै राम्रो काम गर्न आग्रह गर्नु भयो । राष्ट्रीय मताधिकार मंचका केन्द्रीय सदस्य संजय शर्माले जनताको मत खेर जाने अवस्थालाई न्यूनीकरण गर्ने काममा मंचले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा मंचको पर्साका अध्यक्ष के.सी.लामिछाको अध्यक्षता शुरु भएको प्रशिक्षणको सहजीकरण तवरेज अहमदले गर्नु भएको थियो । प्रशिक्षण बुधवार सम्म चल्ने छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.