logo

पर्सामा एमालेले उम्मेदवारको नाम छान्न थाल्यो

      4/17/2017 गते 00 00 मा प्रकाशित     1362   पटक पढिएको

पोखरिया ४ बैशाख । नेकपा एमालेको पोखरिया नगरपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नगरपालिकाका संयोजक प्रदुम्न चौहानको अध्यक्षतामा भएको भेलाले ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 
    भेलाले निर्वाचन केन्द्रीत कामहरुलाई ब्यवस्थित रुपले संचालन गर्नकालागि  कमिटी गठन गरेको हो । भेलामा नेकपा एमालेका नेता प्रहलाद गिरीले गरीव जनताको मुक्तिको बाटोबाट एमाले पछाडि नहट्ने बताए । उनले गाउँ गाउँमा सामन्त र जमिन्दारहरु एक हुदै गरेको चर्चा गर्दै नेकपा एमाले मधेशका गरिव र उत्पीडित जनताको पक्षमा रहरिहने बताए  ।
    कार्यक्रममा नेकपा एमालेका नेता निर्मला देवकोटा सभासदहरु जुनेद अन्सारी राजकुमार गुप्ता पार्टीका जिल्ला संयोजक प्रभू हजरा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
    भेलामा पोखरिया नगरपालिकाका सबै वडामा एमालेका तर्फबाट चुनवा लड्ने प्रत्यासीहरुको नाम नगर कमिटीलाई उपलब्ध गराईको प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीले बताए। हरेक वडाबाट एमालले आफना उम्मेदवार सिफारिश गरेको छ । पर्सा जिल्लामा उम्मेदवार सिफारिश गर्ने अभियानमा एमाले अरु दल भन्दा सक्रिय देखिएको छ । यस अघि नेकपा एमालेको औपचारिक कार्यक्रममा मधेश केन्द्रीत मोर्चाले अवरोध सृजना गर्दै आएको भएपनि आजको कार्यक्रममा कुनै अवरोध सृजना नभएको तिवारीले बताए । यस अघि ढोल तासा बजाउदै एमालेलाई मधेशबाट बिदा गर्नु पर्ने अभियान चलाउदै आएकाहरुले यसपटक भने एमालेको कार्यक्रम निर्वाध रुपमा संचालन हुन दिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.