logo

कमाउ धन्दामा प्रहरी !

      4/9/2017 गते 00 00 मा प्रकाशित     2200   पटक पढिएको

 

वीरगञ्ज, २७ चैत । गम्भिर प्रकृतिको अपराध अनुसन्धानमा पर्साको प्रहरी पछिल्लो समयमा असफल देखिएको छ । एकवर्ष भित्र पर्सामा भएका हत्याका घटनाहरुलाई अध्ययन गर्दा र त्यसमा पनि तीनवटा गम्भिर प्रकृतिको हत्याको मामिला प्रहरीले टुङ्गोमा पु¥याउन सकेको छैन । ती तीनवटै घटनामा संलग्न अपराधीहरुलाई प्रहरीले कानूनको दायरमा ल्याउन नसकेपछि पीडित परिवारलाई थप त्रासमा बाँच्न बाध्य बनाएको छ । आर्थिक वर्ष २०६५/०६६ भन्दा अगाडि शान्ति सुरक्षा कायम गर्न पर्सा प्रहरी असफल रही आएको थियो । अहिले त्यसकै पुनरावृति भएको अनूभूती सर्वसाधारणलाई हुन थालेको छ । सात वर्ष अगाडी ब्यवसायिक प्रतिवद्धतामा अडिक भएर अगाडी बढेको पर्सा प्रहरी पुनः पुरानै दिशातर्फ उन्मुख भएको घटनाक्रमले देखाउन थालेको छ ।

 

वितेको साउनमा पर्साको चारकोसे झाडीमा पटेर्वा सुगौली गाउ“पालिकाको सोनवर्षाका एकजना मुस्लिम समुदायका यूवकको हत्या भयो । त्यस्तै असोज २० वीरगञ्जको चीनीमिल आवास क्षेत्र स्थित प्रहरीनायब उपरीक्षकको क्वाटर पछाडी एकजना ९ वर्षिय वालक राजन पटेलको शव फेला प¥यो । चैत १५ गते बहुदरामाई गाउँपालिका १ बिश्रामपुरका ३८ वर्षिय अनोद साह कलवारको शरीरका विभिन्न अंगहरु काटिएको अवस्थामा शव फेला प¥यो । यी तीनैवटा घटनाका पीडित न्याय पाउनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निकै धाए तर उनीहरुको केही सुनुवाई भएन । आजको दिनसम्म प्रहरीको एउटै जवाफ छ, अनुसन्धान गरिरहेका छौं । तर एउटा अनुसन्धानकर्ताले देखाउने तदारुकता, “कमन्सेन्स” तथा शंकास्पद व्यक्तिहरुको खोजी तथा उनीहरुको बारेमा जाच पडताल लगायतका क्रियाकलाप भएको देखिदैन । महिनौं सम्म कल डिटेल्सको विश्लेषण भइरहेको बहानामा प्रहरी पन्छिदै आएको छ । सोनवर्षाका मियाँको हत्या गाँजा तस्करीसँग जोडिएको मामिला हो ।

यसरी सो क्षेत्रमा हुने यो तेश्रो हत्या हो । मकवानपुरबाट गाँजा चरेस ल्याउन नेपाली सेनाको सुरक्षामा रहेको चारकोशे झाँडीको बाटो तस्करले प्रयोग गर्दै आएका छन् । तस्कर समूहसँग इन्सास राइफल पनि रहेको कुरा पटक–पटक प्रकाशमा आइसकेको छ । गाँजाको स्कर्टिङ्ग गर्न तस्करहरुले माओवादीसँग केहि वर्ष अगाडी दुई थान सो राईफल किनेका थिए । साईकलको फ्रेम काटेर बनाइएको बाह« बोरको कटुवा बन्दुक समातेर बहादुरीको ढिढोरा पिट्ने प्रहरी तस्करसँग भएको स्वचालित आधुनिक हतियार बरामद गर्न सकेको छैन । त्यस्तै राजन पटेलको हत्याको कारण अहिलेसम्म रहस्यकै गर्भमा छ । उनको काका दोषीलाई कारवाही गराउन जिल्ला प्रहरी कार्यालय धाएर थाकिसकेका छन् । राजनका काका वृजकिशोर पटेलले भने ः मैले कान समातिसकेको छु, न्यायको लागि जिल्ला प्रहरी कार्यालय जादिन । त्यस्तै विश्रामपुरको घटना अहिलेसम्म मोवाईल कल डिटेल्सको विश्लेषण मै अल्झिएको छ ।

 

अपराध हेर्ने प्रहरी निरीक्षक उमाशंकर यादव कल डिटेल्सको पोका लिएर पिडितलाई अनुसन्धान गरिरहेको रेडिमेड जवाफ फर्काउने गरेका छन् । यसरी हुने अधिकांश हत्याहरुको कारकतत्व लागूऔषधको तस्करी, भण्डार तथा ओसार पोसार रहेको प्रष्ट छ । पर्सामा गाँजा खेती नभए पनि मकवानपुर, चितवन र धादिङ्गमा उत्पादन भएको गाँजा, चरेस भारतसम्म पु¥याउन पर्साको बाटो प्रयोग भइरहेको छ । पर्सालाई लागूऔषधको ट्राजिन्ट प्वाईन्टबाट मुक्त गराउन जिल्ला प्रहरी कार्यालय पर्सा र त्यसमा समन्वयको भूमिका निर्वाह गर्ने मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा अर्जुन दृष्टि बनाएको देखिदैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.