logo

फोटो पत्रकारहरु पुरस्कृत हुने, बीरगंजका दुई फोटो पत्रकार पनि छनौटमा

      4/20/2017 गते 00 00 मा प्रकाशित     1459   पटक पढिएको


बीरगंज ७ बैशाख । राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले फोटो कन्सर्न नेशनल फोटोजर्नालिजम अवार्ड २०७३ को आयोजना गर्ने भएको छ । विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकाहरुको क्षमता र योग्यताको कदर गर्दै फरक फरक १३ बिधामा नगद पुरस्कार सहित, ट्रफी, सम्मानपत्र र फोटो कन्र्सनका तर्फबाट नगद १० हजार बराबरको ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिने समुहका सचिव प्रदीपराज वन्तले जानकारी दिए ।


अवार्डका १३ विभिन्न विधाहरुलाई १३ वटै विभिन्न प्रतिष्ठित ब्यापारिक तथा वित्तिय संस्थाहरुले प्रायोजन गरेका छन । डिबी थापा लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७३ (पुरस्कार रकम रु.५० हजार),मेगा बैंक फोटोजर्नालिष्ट अफ द ईयर (पुरस्कार रकम रु.२५ हजार),नेपाल टेलिकम डेली लाईफ फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),श्रीधरप्रसाद आचार्य कल्चर एण्ड टुरिजम फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),थाहा अध्ययन प्रतिष्ठान पोलिटिकल फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार)कंगारु एजुकेशन अनलाईन फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),पाटन प्याथ ल्याब फ्रिलान्स फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),ग्लोबल आईएमई बैक विजनेश फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),हेवी हेल्प लिङ्क फिमेल फोटोजर्नालिष्ट अवार्ड (पुरस्कार रकम रु.२५ हजार),ओल्ड दरबार ईन्टरटेन्मेन्ट फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार),मेट्स एजुकेशन मोफसल फोटोजर्नालिष्ट अवार्ड (पुरस्कार रकम रु.२५ हजार),ग्रेस ईन्टरनेसनल स्पोर्टस् फोटोजर्नालिजम अवार्ड (पुरस्कार रकम रु.२५ हजार) तथा,भ्याली गु्रप एनएफपीजे एक्टीभ मेम्बर अवार्ड (पुरस्कार रकम रु.२५ हजार) सहितको १३ बिद्या फोटो पत्रकारहरु पुरस्कृत हुने समुहले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।



विभिन्न छापा माध्यमका सम्पादकहरु मध्येबाट एकजना, अनलाईन न्यूज पोर्टलका सम्पादक मध्येबाट एकजना सम्पादक, बरिष्ठ फोटो पत्रकारमध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष, बरिष्ठ सल्लाहकार लगायतका क्षेत्रका विज्ञहरुसहित बढीमा ७ जनाको छनौट समितिले अवार्ड बारे अन्तिम निर्णय लिने कार्यविधि तय गरेको समुहले जनाएको छ । बैशाख १३ गते अयोजना हुने भब्य समारोहका वीच पुरस्कार बितरण गरिने समुहका अध्यक्ष ध्रुव वाग्लेले बताए । बिशेष समारोहको उद्धघाटन प्रधानमंत्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

भ्याली ग्रुप एनएफपिजे एक्टीभ मेम्वर फोटोपत्रकारीता अवार्ड बिद्या तर्फ ईसीमाना डट कम का फोटो पत्रकार पंकज श्रेष्ठ नोमिनेशनमा परेका छन । त्यस्तै मेट्स एजुकेशन मोफशल फोटोपत्रकारिता अवार्ड बिद्यामा बीरगंजकै कान्तिपुर टोलीभिजनमा कार्यरत मनिष पौडेलले नाम नोमिनेशनमा परेको छ । पर्सैली फोटो पत्रकारितामा दुबै स्थापित पत्रकार हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.