logo

बाबुरामको पार्टीमा निरन्तर बिद्रोह

      4/3/2017 गते 00 00 मा प्रकाशित     1344   पटक पढिएको

काठमाडौँ २१ चैत। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी बीच एकता हुने निश्चित भएपछी नयाँ शक्तिका बरिष्ठ नेताहरु असन्तुष्ट बनेका छन् ।
लामो समय पसिना बगाएको तत्कालिन एकीकृत नेकपा माओवादी परित्याग गरी वैकल्पिक राजनीतिक शक्तीका रुपमा नयाँ शक्ती पार्टी बनाएका पुर्वप्रधानमन्त्री डा.भट्टराई जातीवादी तथा क्षेत्रियतावादी दलसंग विलय हुन लागेको भन्दै नेता देवेन्द्र पौडेल नेतृत्वको समुह असन्तुष्ट बनेको हो ।

नयाँ शक्तीका संगठन विभाग प्रमुख समेत रहेका पौडेलको समुहमा कुमार पौडेल, कल्पना धमला, बलावती शर्मा, देवेन्द्र पराजुली लगायतका नेताहरु रहेका छन् । राजनीतिक पृष्ठभूमी भएका र संगठनकर्ता मानिएको पौडलेको समुह नयाँ विकल्पको खोजीमा लागेको स्रोतले जनाएको छ ।  केही दिनअघी बसेको नयाँ शक्तीको बैठकमा देबेन्द्र पौडेलले कडै शब्दमा पार्टीको आगामी योजना र भारतसंगको सम्बन्धका विषयमा संयोजक भट्टराईको धारणा माग गरेको थिए । जवाफमा भट्टराईले नेपालमा लोकतान्त्रिक गणतन्त्र र संघीयताको मुख्य बैचारिक नेता आफु मात्र भएकोले त्यसलाई जोगाउनु नै पार्टीको कार्यनीति भएको स्पष्ट पारेका थिए ।

उनले दिएको जवाफ स्पष्ट नभएको भन्दै नेता पौडेलले संघीय समाजवादी फोरमसंग एकता गरेर विलय भए त्यो राजनीतिक आत्मसर्पण हुने चेतावनी दिएको स्रोतको दावी छ । बाबुरामका दाहिने हात मानिने नेता पौडेलले नै संघीय समाजवादीसंग एकता गर्न नहुने पक्षमा अडान लिएपछी उनी संकटमा परेको स्रोतको भनाई छ । हिजो मात्रै पार्टी संह संयोजक लगायतका केही नेताहरुले पार्टी परित्याग गरि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए भने त्यो भन्दा अगावै  निर्मल भट्टराई नेतृत्वको समुहले राष्ट्रिय भेला गरेर  नयाँ शक्ती नेपाल नामक पार्टी गठन गरिसकेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.