logo

लायन्स क्लबद्वारा बिभिन्न कार्यक्रमको आयोजना

      4/1/2017 गते 00 00 मा प्रकाशित     2234   पटक पढिएको

वीरगंज  १९चैत्र
स्वच्छ, सफा र हराभरा  वीरगंज अभियान अन्र्तगत  लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसले आज वीरगंज भंसार क्षेत्रमा रहेको केडिया डेन्टल कलेजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।  लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका लायन विजय कुशवाहाको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएका छन् । जिल्ला वन कार्यालयको सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा लायन्स क्लबका पिएमसिसि लायन रमेश अग्रवालले विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा राजवृक्ष, गोल्डमोहर, निम, कल्की फुल लगायत एक सय विरुवा रोपिएका छन् । वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ वीरगंज ग्रीन  क्याम्पसका अध्यक्ष लायन वासुदेव तिमिल्सिना, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लायन्स क्लबका रिजन चेयरपर्सन उमेश साह कानु, लायन्स क्लबका वरिष्ठ सल्लाहाकार डि।एन। अग्रवाल, जिल्ला सल्लाहकार रामहरी पाण्डे, एरिया सहसंयोजक देव चौधरी, जोन चेयरपर्सन राघव आर्चाय, समाजसेवी राजेश तिवारी, केडिया डेन्टल कलेजका कार्यकारी प्रमुख विनोद गुप्ता, लायन्स क्लब अफ वीरगंज आदर्शनगरका अध्यक्ष विनय बंशल, वीरगंज ग्रिन क्याम्पसका उपाध्यक्ष रिकेश गुप्ता,   स्माइलका अध्यक्ष आमिन आलम लगायतका व्यक्तित्वहरुका साथै कलेजका विधार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसैबीच लायन्स क्लब अफ वीरगंज आदर्शनगरले आज घडीअर्वा पोखरी परिसरमा निःशुल्क मधुमेह चेकजाँच शिविरको आयोजना गरेको छ । शिविरमा दुई सय ५० जनाको रगत जाँच गरिएको लायन्स क्लब अफ वीरगंज आदर्शनगरका अध्यक्ष विनय बंशलले जानकारी दिए । यसैगरी लायन्स क्लब अफ वीरगंज मिलेनियम ९एमजेएफ० ले आज सुखचैना गाविसका अति विपन्न परिवारहरुलाई उनीहरुको जीवनस्तर उकास्न ५ थान बाख्रा वितरण गरिएको लायन्स क्लबका वरिष्ठ सल्लाहाकार डि।एन। अग्रवालले जानकारी दिए । कार्यक्रममा वितरण गरिएका बाख्राहरुको स्याहार सुसारका बारेमा लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष वासुदेव तिमिल्सिनाले प्रकाश पारेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.