logo

स्थानीय तहको निर्वाचन पछि बिकासले गती लिन्छ ः सभासद यादव

      4/1/2017 गते 00 00 मा प्रकाशित     1284   पटक पढिएको

बीरगंज १९ चैत ।
नेकपा एमाले पर्सा क्षेत्र नं. २ का सांसद बिचारी यादबले स्थानीय तहको निर्वाचन पश्चात नेपालमा विकासले गती लिने बताएका छन  । पर्साको बेल्वा गाउपालिकाको रामबनमा रहेको प्रावि स्कुलमा भवन निर्माण गर्न १० लाख विनियोजित रकमको जानकारी गराउदै सांसद यादबले सो कुरा बताएका हुन  । उनले मधेशी मोर्चाका कार्यकर्ताहरु भित्र भित्रै निर्वाचनको तैयारीमा जुटीसकेको र बाहिर चुनाव हुन नदिने दोहोरो चरित्र देखाएर जनतामा भ्रमको खेती गरीरहेको बताए । उनले अब जनताले नेकपा एमालेलाई हुन लागेको निर्वाचनमा पहिलो पार्टिको रुपमा स्थिापित गर्ने दावी गरे ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय प्रचार विभाग सदस्य अरविन्द सिहंले राष्ट्रियताको पक्षमा बोल्ने पार्टी नेकपा एमालेमात्र भएकोले एमालेलाई बदनाम गर्न तराईका जनतामा मोर्चाका कार्यकर्ताले अराजक्ता फैलाउने काम मात्र गरीरहेको बताए ।
नेकपा एमाले रामबन टोल कमिटीका उपाध्यक्ष नारायण त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नं. २ का प्रदेश कमिटी सदस्य बालगोपाल थापा, क्षेत्रीय कमिटी सचिव मानदेव हजरा, क्षेत्रीय कमिटी सदस्य रेयाजुल अन्सारी, बेल्वा गाउंपालिकाको वडा नं. ६ का वडा अध्यक्ष महादेव गुरो लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा अन्य पार्टी परित्याग गरी १० जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । रामकुमार थापाले  संचालन गरेको कार्यक्रममा सपना मोक्तानले स्वागत गरेकी थिइन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.