logo

नेपालद्वारा चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर

      5/12/2017 गते 00 00 मा प्रकाशित     1276   पटक पढिएको

काठमाडौँ, २९ वैशाख । नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा आज हस्ताक्षर गरेको छ ।


शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्पmबाट परराष्ट्र सचिव शङ्करदाश वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले सो अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।


उक्त समझदारीपत्रमा हस्ताक्षरपछि मन्त्री डा महतले यस नयाँ समझदारी दुई देशको सम्बन्धमा महत्वपूर्ण पाइला भएको बताउनुभयो । उहाँले भन्नुभयो–“यो सम्झौताले नेपाल र चीनबीच सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको छु ।”


उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको समेत उपस्थिति रहेको सो समारोहलाई सम्बोधन गर्दै मन्त्री डा महतले नेपालका लागि यो सम्झौता महत्वपूर्ण रहेको र यसपछि नेपालमा सडक सञ्जाल, रेलमार्गको निर्माण, नेपालमा चिनियाँ लगानीजस्ता विषयमा नेपाललाई फाइदा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।


मन्त्री डा महतले भन्नुभयो– “नेपाल भूपरिवेष्ठित देश हो र अझै पनि अल्पविकसित अवस्थामा नै छ, यसलाई ध्यानमा राखेर चीनजस्तो महत्वपूर्ण छिमेकीबाट नेपालमा लगानी हुनेछ र नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ ।”

यो समझदारीपत्रमा हस्ताक्षरसँगै नेपालमा विदेशी लगानी र व्यापार प्रवद्र्धनका क्षेत्रमा नयाँ अध्यायको थालनी समेत भएको डा महतले बताउनुभयो ।


युरोप र अफ्रिकासमेतमा विस्तारित हुने यस चिनियाँ आयोजनाबाट नेपाल पनि लाभान्वित हुने हँुदा यस आयोजनाको समझदारीपत्रमा भएको हस्ताक्षरले नेपालको आर्थिक विकासमा पनि नयाँ आयाम थपिएको रुपमा आफूले लिएको पनि उहाँले बताउनुभयो ।


नेपाललाई बढीभन्दा बढी लगानीको खाँचो छ, यसै नयाँ आयोजनामार्फत नेपालमा चिनियाँ लगानी होस् भन्ने हामी चाहन्छौं– उहाँले भन्नुभयो । “पछिल्लो समयमा नेपालमा हामीलाई धेरै ठूलो वैदेशिक लगानीको आवश्यकता रहेको भन्दै उहाँले दुई देशबीच भएको समझदारीबाट नेपालले लाभ उठाउने विश्वास व्यक्त गर्नुभयो ।”

मन्त्री डा महतले यस समझदारीपत्रमा हस्ताक्षर हुने समयसम्म आइपुग्नाका लागि दुबै देशका विभिन्न तहमा कैयौँं पटकसम्म छलफल र अन्तक्र्रिया भएका स्मरण गर्दै यसका लागि सहयोग गर्ने चिनियाँ र नेपाली दुबै पक्षलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको उहाँका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो ।


सो कार्यक्रममा परराष्ट्र सचिव वैरागीले नेपालले पनि चीनको यो महत्वपूर्ण आयोजनाबाट लाभान्वित हुने भन्दै यसलाई नेपालको विकास प्रयासको एक महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताउनुभयो ।


नेपालका लागि चिनियाँ राजदूत यु होङले यस आयोजनाबाट चीन–नेपाल सहयोग र विशेषगरी दक्षिणी एसियाली क्षेत्रकै आर्थिक विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.