logo

एमाले र कांग्रेसका उम्मेदवार निर्विरोध

      5/3/2017 गते 00 00 मा प्रकाशित     1310   पटक पढिएको

काठमाण्डौ २० वैशाख,  । डोल्पा जिल्लाका दुई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार शे फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकामा एउटैमात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएका हुन् ।

शे फोक्सुण्डो गाउँपालिका प्रमुखमा एमालेका तसी तुण्डुक गुरुङ निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत रामवहादुर बुढाले बताए । उपप्रमुख बाहेक अरु सबै पदमा एमालेका उम्मेदवार निर्विरोध भएका छन् ।

डोल्पो बुद्ध गाउँपालिकाको प्रमुखमा एमालेका लंकवहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । डोल्पोमा उपप्रमुख सहित अन्य पदमा पनि एमालेको मात्र उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन अधिकृत बुढाले डोल्पोमा टेलिफोन सम्पर्क नभएका कारण विस्तृत विवरण लिन नसकिएको बताए ।

डोल्पाका बिभिन्न २८ वडामा निर्विरोध निर्वाचित भएको खबर आए पनि सञ्चार सम्पर्क हुन नसकेकाले आधिकारिक विवरण दिन नसकिएको बुढाले बताए ।

माथिल्लो डोल्पा एमालेको प्रभाव क्षेत्र हो । डोल्पाको एकमात्र निर्वाचन क्षेत्रमा एमालेका धनवहादुर बुढा सभासद निर्वाचित भएका थिए ।

त्यसैगस स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले मनाङ र म्याग्दीबाट खाता खोलेको छ ।

मनाङमा काँग्रेसका उम्मेदवार मिङमर छिरिङ लामा सर्वसम्मत भएका छन् । उनी मनाङको नार फू गाउँपालिकामा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिएका छन । उनका अनुसार कूल ५ वटा वडा रहेको सो गाउँपालिकामा ५ वटै वडाध्यक्ष समेत काँग्रेसका उम्मेदवारहरु निर्विरोध भएका छन् । उपाध्यक्षमा भने दुर्इजनाको उम्मेदवारी परेको छ । कसैले पनि उम्मेदवारी नदिएपछि उनी सर्वसम्मत चुनिएका हुन् ।

यता, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् । 
 यस्तै, ८ नम्बर वडा कुईनेमँगलेबाट काँग्रेसकै वडा सदस्यहरु खबहादुर छन्त्याल, महिला सदस्य प्रीति गर्बुजा र दलित महिला सदस्य यामकुमारी गोतामे घर्ती निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.