logo

लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना

      5/8/2017 गते 00 00 मा प्रकाशित     1342   पटक पढिएको

बुटवल, २५ वैशाख । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । हिंसा प्रभावितलाई स्वास्थ्य उपचार गर्नका लागि सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो ।

उक्त सङ्कट व्यवस्थापन केन्द्रबाट यस क्षेत्रका १३ जिल्लाका हिंसापींडितको स्वास्थ्य उपचार गरिनेछ । विभिन्न प्रकारका हिंसाबाट पींडितको कानुनी प्रक्रिया पु¥याएर स्वास्थ्य सेवा दिइने लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र सञ्जेल क्षेत्रीले जानकारी गराउनुभएको छ ।

सङ्कट व्यवस्थापन केन्द्रबाट उपचार सेवाका लागि अहिलेलाई दुईवटा श्ययाबाट सेवा शुभारम्भ गरिएको र मागअनुसार श्यया सङ्ख्या पछि थप गर्न सकिने अस्पतालले जनाएको छ । हिंसामा परेका व्यक्तिलाई केन्द्रबाट परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापना गरिने बताइएको छ । स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण, संरक्षण, मानसिक एवम् मनोवैज्ञानिक परामर्श दिइनेछ ।


जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको अध्यक्षतामा भएको एक कार्यक्रमको आयोजना गरी अस्पतालले लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापनाबारे जानकारी गराएको हो ।


यसैगरी जिल्ला शिक्षा कार्यालय रूपन्देहीले आफूले सम्पन्न गरेको कार्यक्रम सार्वजनिक गरेको छ । गत शैक्षिकसत्रमा जिल्ला शिक्षा कार्यालय रूपन्देहीले विभिन्न छात्रवृत्ति वितरण गरेको जानकारी दिएको छ । कार्यालयले आधारभूत तहका ५२ हजार ६७९ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको कार्यालयका उपजिल्ला शिक्षा अधिकारी टीकाराम अर्यालले जानकारी दिनुभयो ।

 

सोही शैक्षिकसत्रमा आधारभूत तहकै १० हजार ३११ र माध्यमिक तहका तीन हजार २३५ दलित विद्यार्थीलाई दलित छात्रवृत्ति प्रदान गरिएको उहाँले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.