logo

सीमा क्षेत्रमा गस्ती प्रभावकारी बनाइने

      5/26/2017 गते 00 00 मा प्रकाशित     1258   पटक पढिएको

चितवन, १२ जेठ । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेका निकुञ्ज र आरक्षमा एकैसाथ गस्ती गरिने  भएको छ । एउटा देशमा तस्करी गरेर अर्काे देशमा लुक्ने तस्करलाई नियन्त्रणमा लिन र चोरी शिकारीलाई निरुत्साहित पार्न दुबै देशले संयुक्त रूपमा गस्ती अगाडि बढाएका हुन् ।

    
दुई देशका निकुञ्ज तथा आरक्षका प्रमुखसहितको दुई दिने बैठक हिजो साँझ भारतको बाल्मिकी टाइगर रिजर्वमा सम्पन्न  बैठकले यस्तो निर्णय गरेको हो । नेपालका निकुञ्ज र आरक्षकोतर्फबाट चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले नेतृत्व गर्नुभएको थियो भने भारततर्फबाट बाल्मिकी टाइगर रिजर्वका फिल्ड डाइरेक्टर चन्द्र शेखरले नेतृत्व गर्नुभएको थियो ।

    
प्रमुख संरक्षण अधिकृत कँडेलकाअनुसार दुई देशका अधिकारीका बीचमा चोरी तस्करी नियन्त्रण गर्ने, सीमावर्ती निकुञ्जकाबीचमा सूचना आदान प्रदान गर्ने, संयुक्त गस्तीलाई थप प्रभावकारी बनाउने, कर्मचारीको क्षमता अभिवृद्धि गराउने, संयुक्तरूपमा स्थलगत अनुगमन गर्ने र समस्या देखिएमा तत्काल न्यूनीकरणका लागि बैठक बस्ने निर्णय भएको छ ।
    
    
नेपालतर्फका यी दुई निकुञ्ज र आरक्षकै जस्तो प्राकृतिक बनोट बाल्मिकीमा पनि रहेको छ । नेपालका दुर्लभ वन्यजन्तु त्यसतर्फ जाने हुँदा दुबै देशले संयुक्तरूपमा संरक्षणमा नजुटेसम्म चोरी तस्करी नियन्त्रण गर्न नसकिने हुँदा संयुक्तरूपमा संरक्षण गर्न सुरु गरिएको हो ।


बैठकमा दुई देशका निकुञ्ज र आरक्षका कर्मचारीसहित संरक्षणमा कार्यरत सहयोगी दाता, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि  र जुलोजिकल सोसाइटी अफ लन्डनका प्रतिनिधिको पनि सहभागिता थियो । यसअघि सन् २०१७ को २८ फेब्रुअरीमा पटनामा भएको दुई देशका उच्च कर्मचारीको बैठकमा यी विषयमा संयुक्त रूपमा काम गर्ने निर्णय भएको थियो ।

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.