logo

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

 इसीमाना सम्बाददाता     २०८२ कार्तिक ४ गते ०८: ५८ मा प्रकाशित     241   पटक पढिएको

 ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

 

मंगलवार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टोलीले हनामी बीएफसी, भरतपुरलाई ट्राइबेकरमा ५–४ ले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो।

May be an image of one or more people and text

 निर्धारित समयमा खेल बराबरीमा टुंगिएपछि नतिजा ट्राइबेकरमार्फत तय गरिएको थियो।

खेलको क्रममा हनामी बीएफसीले पाएको पेनाल्टी प्रहारलाई प्रतिभाका गोलकिपर युनिस चौधरीले शानदार बचाउ गर्दै टोलीलाई प्रतिस्पर्धामा टिकाइराखेका थिए।

May be an image of one or more people

उत्कृष्ट प्रदर्शनका आधारमा उनी ‘म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ दुवै घोषित भए। सोही क्रममा शिरीष थापा लाई प्रतियोगिताको ‘बेस्ट प्लेयर’ उपाधि प्रदान गरिएको छ।

 

दुवै टोलीले खेलभर आक्रमक प्रदर्शन गरे पनि निर्णायक क्षणमा आयोजक टोलीले उत्कृष्ट संयम र समन्वय देखाउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो।

 

खेलको क्रममा हनामी बीएफसीका निर्मल घिसिङले गरेको फलपछि रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित भएको थियो।

यस संस्करणमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपाधि सुजल डङ्गोलले प्राप्त गरेका छन्।

May be an image of ‎text that says '‎م COLDCUP चाेीगोल्छा 2082 चौथो सवनाय स्व्जायर राम मकाबर डेच्ळको ह्मूत्िमा 7E ठोरी गाएडकप 2 आयाजक प्रतिभा यवा क्लब एव बिजयवस्ती युवा कसब‎'‎

फाइनल खेल प्रतिभा युवा क्लबका अध्यक्ष गोपी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

 

विशिष्ट अतिथिहरूमा उपाध्यक्ष गोकुली रेग्मी, वडा नं. ४ का अध्यक्ष मानबहादुर थिङ, वडा नं. ५ का अध्यक्ष अष्टबहादुर लोप्चन, नेवा खलका अध्यक्ष रामबहादुर श्रेष्ठ, नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ, र नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

May be an image of ‎text that says '‎ح Y P‎'‎

प्रमुख अतिथि श्रेष्ठले बिजयी टीमलाई ३ लाख  र उपबिजेता टिमलाई १ लाख ७५ हजार पुरस्कार बितरण गरेका थिए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.