logo

संविधान संशोधन बिना मधेसमा निर्वाचन हुदैन् : उपेन्द्र यादव

      5/8/2017 गते 00 00 मा प्रकाशित     1332   पटक पढिएको

 

वीरगन्ज - बैशाख ३१ गते हुन गइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुनै नदिने दाबी गरेको छ । फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरि मधेसका माग पुरा नभए सम्म मधेसमा चुनाव हुनै नदिने बताउनु भएको हो ।

वीरगन्जमा फोरम नेपालका शीर्ष नेताहरुको उपस्थितीमा सोमबार आयोजित एक दिने गोष्ठीलाइ सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन नभए सम्म दोश्रो चरणमा हुने भनिएको चुनावमा फोरम नेपाले भाग नलिने र चुनाव पनि हुनै नदिने बताउनु भयो । मधेसको माग सम्बोधन नभए सम्म आफुहरुको आन्दोलन जारी नै रहने उहाको भनाइ थियो । उहाले भन्नु भयो ,‘ जब सम्म संविधान संशोधन हुदैन तब सम्म मधेसमा चुनाव हुन दिन्नौ , यदि मधेसमा चुनाव भएन भने अहिले पहाडमा भएका चुनावको पनि कुनै अर्थ रहदैन । मधेसको एजेण्डामा आफुहरुको अडान कायमै रहेको स्पष्ट पार्दै उहाले भन्नु भयो ,‘ अहिले फोरम नेपालका बारेमा फिजाइएको हल्ला भ्रम मात्रै हो , हामी मधेसको एजेण्डामा कुनै किसिमको सम्झौता गर्न तयार छैनौ ।

मधेसको मागको सवालमा नेकपा एमाले मात्र नभइ काँग्रेस पनि विपक्षमा रहेको भन्दै उहाले एमालेले संघीयता, , धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाइ समाप्त पार्नका लागि आन्तरिक रुपमा निर्णय नै गरिसकेको आरोप लगाउनु भयो । उहाले भन्नु भयो ,‘ एमालेले संघीयता, , धर्मनिरपेक्षता र गणतन्त्रलाइ सिध्याउन आन्तरिक रुपमा निर्णय नै गरिसकेको छ , त्यसैले उ संविधान संशोधनको पक्षमा नआएको हो , काँग्रेस पनि गणतन्त्रको विपक्षमा छ । सोझो ढंगले गरिने राजनीतिले हक अधिकार नपाइने भन्दै उहाले भन्नु भयो ,‘ सोझो राजनीतिले अधिकार पाइदैन , अधिकारका लागि राजनीतिमा औंला टेढो पार्नै पर्छ , त्यसैले हामी अहिले पनि आन्दोलन र संघर्षको मैदानमा छौ ।

मधेस विरोधी ठूला तीन दल बिचको अपवित्र गठबन्धन तोड्नका लागि नै तत्कालीन केपी ओलीको सरकारलाइ ढाल्न काँग्रेसका तत्कालीन सभापति शुसील कोइरालालाइ मधेसी मोर्चाले भोट दिएको उहाले बताउनु भयो । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्न वीरगन्जको पदम पार्टी सेन्टरमा आयोजित गोष्ठीमा फोरम नेपालका वरिष्ठ नेता अशोक राइ , केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्धी , महासचिव रामसहाय यादव , मधेस प्रदेश सचिव शेष नारायण यादवका साथै फोरम नेपालका राजनीति समिति सदस्य , केन्द्रिय पार्षद , केन्द्रिय सल्लाहकार समितिका सदस्य , प्रदेश समितिका पदाधिकारी र सदस्य तथा पर्सा , बारा , रौतहट र सर्लाहीका जिल्ला अध्यक्षहरुको सहभागीता थियो ।

गोष्ठीमा संविधान संशोधनका लागि सरकारले अगाडि सारेको प्रस्ताव , दोश्रो चरणको निर्वाचन, प्रधानन्यायधिश विरुद्धको महाअभियोग प्रस्ताव र फोरम नेपाल माथि अरु दलहरुले लगाएको आरोपका विषयमा गम्भिर रुपमा छलफल भएको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.