logo

गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

      5/29/2017 गते 00 00 मा प्रकाशित     1504   पटक पढिएको

काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो ।

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले सर्वत्र शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाउनुभयो । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको तर्फबाट सलामी अर्पण गरिएको थियो ।

समारोहमा सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टिसमेत गराइएको थियो । सो अवसरमा राष्ट्रिय गानको धुन बजाउनुका साथै मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको सम्मान र सम्झनामा मौनधारण गरिएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा मार्चपास साथै राष्ट्रियभाव जगाउने गीत–सङ्गीत र नृत्य प्रस्तुत गरियो । महानगरीय ट्राफिक महाशाखा, नेपाल प्रहरीको कमाण्डो, सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण फौज, नेपाल स्काउटका तर्फबाट विभिन्न कलाकौशल प्रस्तुत गरियो ।

काठमाडौँ महानगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुरठिमी नगरपालिका र कीर्तिपुर नगरपालिका मध्यपुर नगरपालिकाको तर्फबाट आ–आफनो नगरको वेशभूषा, रहनसहन झल्कने सांस्कृतिक पहिचानसहितको गणतन्त्रसम्बन्धी झाँकी र नृत्य प्रस्तुत गरियो ।

समारोहमा प्रस्तुत गरिएको बेहुली ओलिनकाठमा बोकेको बेहुला र जन्तीसहितको पञ्चै बाजासहितको नृत्यलाई धेरैले निकै अभिरुचिपूर्वक हेरेर मनोरञ्जन लिएका थिए ।

विद्यालयका स–साना बालबालिकाले प्रस्तुत गरेको जुडो, तेक्वान्दो र कृषि मन्त्रालय मातहतका निकायले प्रस्तुत गरेको उत्पादनसम्बन्धी विविध प्रस्तुतिलाई पनि सबैले ध्यानपूर्वक नजर गरेको देखिन्थ्यो ।

गणतन्त्र दिवसलाई लक्षित गरेर सुरक्षा फौजका तर्फबाट समारोहमा राष्ट्रिय झन्डा, राष्ट्रिय फूल लालीगुराँस र सबै जाति, भाषा र संस्कृति झल्कने दियोको आकृति प्रस्तुत गरिएको थियो । नेपाल टेलिभिजन, रेडियो नेपाललगायतका विद्युतीय सञ्चारमाध्यमले गणतन्त्र दिवस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए ।

समारोहमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रसँग आबद्ध तह र तप्काका महानुभावको उपस्थिति थियो ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.