logo

राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान

      5/26/2017 गते 00 00 मा प्रकाशित     1325   पटक पढिएको


काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गर्नुभएको छ ।शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले विभिन्न विधाका २५८ जनालाई विभूषण प्रदान गर्नुभएको हो ।

नेपाल रत्न विभूषण नेकपा९एमाले०का तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई राष्ट्रपति भण्डारीले प्रदान गर्नुभयो ।


त्यसैगरी, राष्ट्र गौरव विभूषण पुर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण स्वर्गीय कोइरालाका बुहारी किरण कोइरालालाई राष्ट्रपति भण्डारीले प्रदान गर्नुभयो ।


पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री ९मरणोपरान्त० सूर्यबहादुर थापा, पोष्टबहादुर बोगटी ९मरणोपरान्त०, ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, सर्वोच्च अदालतका पूर्वन्यायाधीश वैधनाथ उपाध्याय, प्रधानसेनापति रवीन्द्र क्षत्री, मुख्य सचिव डा सोमलाल सुवेदीलाई राष्ट्रपति भण्डारीले विभिन्न नामका विभूषण प्रदान गर्नुभयो ।


त्यसैगरी, गृहमन्त्रालयका सचिव लोकमर्दन रेग्मी, पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना, अच्युत विष्टलाई पनि विभूषण प्रदान गरिएको थियो ।


सो विभूषणबाट वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रपति कार्यालयमा प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका, मुटुरोग विशेषज्ञ डा अरुण सायमी, पत्रकार सागर पण्डित, मोहन मानन्धर, गौतम श्रेष्ठ, दीपेन्द्र वान्तवालगायतलाई राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्नुभयो ।


सो समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, समाभुख ओनसरी घर्तीमगर, मन्त्रीहरु, न्यायाधीश, सुरक्षा निकायका प्रमुखहरु, राष्ट्र सेवक कर्मचारीको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.