logo

महोत्तरीका दुई गाउँपालिकामा जङ्गली सुँगुर आतङ्क

      5/11/2017 गते 00 00 मा प्रकाशित     1392   पटक पढिएको

गौशाला, २९ वैशाख । महोत्तरी जिल्लाको एकडारा र मनरा गाउँपालिकामा अहिले जङ्गली सुँगुरले आतङ्क मच्चाएका छन् ।


केही दिनदेखि अचानक देखापरेका २०/२५ वटाको समूहमा रहेका ती सँुगुरको समूहले एकडारा र मनरा गाउँपालिकाको चारैतिर खेतबारीमा लगाइएको लाखौँको उखु, फलफूल र तरकारी बालीलाई क्षति पु¥याइरहेको स्थानीयवासीले बताएका छन् ।


यसअघि कहिले नदेखिएका लामो चुच्चो परेको मुख भएका सुँगुर एकडारा र मनराका १५/२० बिघाभन्दा बढीमा लगाइएको उखुको जरा काटिदिने, आधा बोट काटिदिने गर्नाले अधिकांश उखु नष्ट भएको मनराका रवीन्द्र भगतले बताउनुभयो ।


त्यसैगरी, सुँगुरले ५०/६० बिघामा लगाइएको लौका, फर्सी, बोडी, भिन्डी, टमाटरलगायत विभिन्न किसिमको तरकारी बाली र तरबुजा, काँक्रो, केरालगायत फलफूल खाइदिने तथा जथाभावीरुपमा खेतबारी खनेर क्षति पु¥याउने गरेको एकडाराका गोपाल झाले बताए ।


यसअघि कहिले नदेखिएका ती सँुगुरको समूहले खेतबारीमा क्षति पु¥याइरहँदा पीडित किसानले धपाउन जाँदा समूहमै सुँगुरले किसानलाई पनि लखेट्ने गरेको र अत्यधिक तीव्रगतिमा मानिसतिरै आइलाग्नाले किसानलाई त्रसित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।


दर्जनौँको समूहमा रहेका ती जङ्गली सुँगुरले अहिले त्यस क्षेत्रका एकडारा र मनरा गाउँपालिकाभित्र रहेका मनरा, एकडारा, कट्टिकटैया, इटहर्वाकट्टी, साँढा, भटौलिया, भङ्गहिया, पर्सा, सहसराम, भोलही सहितका गाउँमा लाखौँको क्षति पु¥याउँदै स्थानीयस्तरमा आतङ्क मच्चाएको सर्वसाधारणको गुनासो रहेको छ । रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.